Logo
|
Friday 19th April 2024
Logo

epaper

कुन प्रविधिबाट कपाल प्रत्यारोपण गर्ने ?




आजकल तालुपनाबाट धेरै व्यक्ति पीडित छन् । तालुपनाका कारण कतिको बिवाह हुन सकेको छैन । कतिमा काम गर्ने कन्फिडेन्स छैन । कति व्यक्तिको अध्ययन प्रभावित भएको छ । सामाजिक र साइकोलोजिकल रुपमा सबैलाई राम्रो हुने इच्छा हुन्छ ।
९५ प्रतिशत व्यक्तिको वंशाणुगत कारण तालुको कपाल झर्ने गर्छ । एन्ड्रोजेनेटिक एलोपेसियाका कारण पुरुषहरुको तालुको कपाल झरेको हुन्छ । यसका साथै विभिन्न दुर्घटना र पोलेको खतलगायतका समस्यामा कपाल प्रत्यारोपण शल्यक्रिया गरेर शौन्दर्यता फिर्ता ल्याउन सकिन्छ । कपाल प्रत्यारोपण शल्यक्रिया सुन्दर देखिने प्रक्रिया हो । आफ्नो शरीरको कपाल भएको ठाउँबाट जरा निकालेर कपाल नभएको ठाउँमा रोप्ने प्रक्रियालाई कपाल प्रत्यारोपण शल्यक्रिया भनिन्छ । टाउकोको साइड र पछाडिपटीको भागको नझरेको भागबाट कपाल निकालेर कपाल झरेको भागमा कपाल प्रत्यारोपण शल्यक्रिया गरिन्छ । यदि पछाडि र साइडको भागमा रहेको कपाल नपुगेमा दाह्रीको रौं निकालेर पनि प्रत्यारोपण गर्न सकिन्छ । कपाल प्रत्यारोपण शल्यक्रिया गर्ने भागमा एनेस्थेसिया दिएर कपाल रोपिन्छ ।
कपाल प्रत्यारोपण शल्यक्रिया गरेको करिब २ हप्ता पछि रोपेको कपाल बढ्न थाल्छ र राम्रो नतिजा निस्कन करिब ९ महिनादेखि १ वर्ष लाग्छ । रोपेको कपाल जीवनभर झर्दैन । यो बढ्छ, काट्न मिल्छ र जसरी पनि स्टाइलिङ गर्न सकिन्छ ।
प्रत्यारोपण प्रविधि
विश्वव्यापी रुपमा एफयुटी, एफयुई र डाइरेक्ट हेयर ट्रान्सप्लान्ट (डिएचटी) गरी कपाल प्रत्यारोपण गर्ने ३ वटा प्रविधि छन् ।
एफयुटी प्रविधि छालासँगै स्ट्रिप काटेर टाँका लगाउने प्रविधि हो । यो प्रविधिमा धेरै दुख्ने, रगत बग्ने कारण लोकप्रीय हुन सकेन ।
एफयुई प्रविधिमा छाला काट्नुपर्दैन । सोझै कपाल झिकिन्छ र शरीर बाहिर प्रासेसिङ गरेर कपाल प्रत्यारोपण शल्यक्रिया गरिन्छ । एफयुई प्रविधिमा कम्तिमा पनि ४—५ घण्टा प्रोसेसिङका लागि कपाल स्टोर हुने गर्छ । कतिपय अवस्थामा स्टोर गर्ने प्रक्रिया नमिल्दा प्रत्येक घण्टा १ देखि १० प्रतिशतसम्म कपालको जरा मर्दै जाने अनुसन्धानले देखाएको छ । कपालको जिउँदो जरा झिकेपछि जति सक्दो चाँडो आफ्नो ठाउँमा पुर्याइयो त्यति नै राम्रो उम्रिने सम्भावना अत्यधिक हुन्छ ।
आजकल संसारमा सबैभन्दा धेरैले रुचाउने डाइरेक्ट हेयर ट्रान्सप्लान्ट (डिएचटी) हो । हुन त एफयुई र डाइरेक्ट हेयर ट्रान्सप्लान्ट प्रविधिमा छाला काट्नुपर्दैन र सोझै कपाल निकालिन्छ । तर डाइरेक्ट हेयर ट्रान्सप्लान्टमा कपाल स्टोर नगरी तालुपना भएको ठाउँमा तुरुन्त रोपिन्छ । जतिसक्दो चाँडो कपाल झिकेर प्रत्यारोपण गर्यो त्यति नै राम्रो नतिजा प्राप्त हुन्छ । डाइरेक्ट हेयर ट्रान्सप्लान्टमा कपाल झिकेको २ मिनेटदेखि २० मिनेटभित्र प्रत्यारोपण शल्यक्रिया गरिसक्नुपर्छ । यसबाट रोपेको सबै कपाल उम्रिन्छ र कपाल बाक्लो र नेचुरल आउने सम्भावना रहन्छ । डाइरेक्ट हेयर ट्रान्सप्लान्टमा कपाल निकालेपछि कुनै पनि प्रोसेसिङ गर्नुपर्दैन । कपाल भनेको एउटा जिउँदो वस्तु भएकाले डोनर एरियाबाट कपाल झिकेपछि तुरुन्त सम्बन्धित भागमा रोप्नुपर्छ । अन्यथा बिस्तारै मर्ने सम्भावना रहन्छ ।
डिएचटी प्रविधिअन्तर्गत कपाल प्रत्यारोपण गर्न ठूलो टिमको आवश्यकता पर्छ । यस प्रविधिबाट गर्न कम्तिमा पनि ८—९ जनाको टिमको आवश्यकता पर्छ । जनशक्तिका लागि धेरै खर्च लाग्छ । टेक्निकल पार्ट अलि गारो भएपनि सफल दर एकदमै उच्च छ । यो प्रविधिबाट कपाल प्रत्यारोपण गर्ने शल्यचिकित्सकहरु विश्वमै निकै कम छन् । म र मेरो टिमले भारत र नेपालमा गरी ९ वर्षको बीचमा डाइरेक्ट हेयर ट्रान्सप्लान्ट प्रविधिबाट करिब २ हजार भन्दा बढीको सफल कपाल प्रत्यारोपण गरिसकेका छौं ।

हामीले गर्ने संसारमा भएको सबैभन्दा सफल टेक्निक डाइरेक्ट हेयर ट्रान्सप्लान्ट (डिएचटी) हो । यो विश्वमा थोरै ठाउँमा मात्र गरिन्छ । अहिले नेपालमा करिब ६३ वटा देशबाट कपाल प्रत्यारोपणको सेवा लिन आउने गरेका छन् ।
कपाल प्रत्यारोपण गर्ने व्यक्तिले प्रति ग्राफ्टको आधारमा मूल्य तिर्नुपर्छ । नेपाली बजारमा ४० देखि १०० रुपियाँसम्म प्रति ग्राफ्ट कपालको शुल्क लिने गरेको सुन्नमा आउँछ । तर हामीले मुल्य भन्दा पनि गुणस्तरीय उपचारमा धेरै ख्याल पुर्याउन जरुरी हुन्छ ।
प्रत्यारोपण गरिएको कपालको प्राकृतिक दृश्य आउनुपर्छ । रोपेको कपाल प्राकृतिक रुपमा बाक्लो र डिजाइन राम्रो हुनुपर्छ । दक्ष व्यक्तिबाट कपाल प्रत्यारोपण हुन नसक्दा रोपेको कपाल बिग्रिएर पातलो र टाटेपाटे हुनसक्छ । एकपटक कपाल प्रत्यारोपण भइसकेपछि रिपेयर गर्न निकै गाह्रो हुन्छ । कपाल प्रत्यारोपण विफल भएका करिब ६० प्रतिशत व्यक्तिको कपाल रिपेयर गर्न नै मिल्दैन । कपाल प्रत्यारोपण गरेर टाउको बिग्रिएमा झन नराम्रो देखिन्छ र बाद्यताले टाउको छोप्नुपर्छ । कपाल प्रत्यारोपणमा संक्रमणको जोखिम न्युन भएपनि क्वालिटी कन्ट्रोल नभएमा जे पनि हुनसक्छ । कस्मेटिक प्रोस्युजर सुरक्षित हुुनुपर्छ । उपभोक्ताले कपाल प्रत्यारोपण गर्ने दक्ष जनशक्ति र यसबाट प्राप्त हुने नतिजा ख्याल गर्नुपर्छ । त्यसैले राम्रो ठाउँ छनौट गरेर कपाल प्रत्यारोपण गरिएमा यो शतप्रतिशत सुरक्षित हुन्छ । (डा. अग्रवाल फोलिडर्म हेल्थकेयर प्रा. लि.मा कार्यरत हुनुहुन्छ ।) 

प्रतिक्रिया दिनुहोस्