Logo
|
Saturday 27th April 2024
Logo

epaper

छालाको हेरचाह




छाला शरीरको सबैभन्दा ठूलो भाग हो । यसले शरीरलाई पूरै ढाकेको हुन्छ र धेरै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
सुरक्षा (प्रोटेक्सन)
शरीरको भित्री भागलाई कुनै प्रकारको नकारात्मक असरबाट छालाले बचाउँछ ।
मेटाबोलिज्म
शरीरलाई भिटामिन डी को अति नै महत्व छ र यसको उत्पादनमा पूर्ण रुपमा छालाले सहयोग गर्दछ ।
थर्मोरेगुलेसन
शरीरको आफ्नो तापक्रम अनुकूल राख्न छालाले स्वेट ग्लान्ड र क्यापलरिजको सहयोगले शरीरको तापक्रमलाई सन्तुलनमा राख्न मद्धत गर्दछ ।
सेन्सेसन
शरीरले तातो, चिसो, दुख्ने, पोल्ने र स्पर्श हुने अनुभव गराउँछ ।
मानव शरीरमा छालाको यति धेरै महत्वपूर्ण क्रियाकलाप हुने भएकाले यसको हेरचाहमा समयमै ध्यान दिनु जरुरी छ । छालाको हेरचाह गर्ने भन्नाले छाला सफा राख्नुपर्छ । हाइड्रेसन गर्नुपर्छ र घामबाट जोगाउनुपर्छ । छाला सफा राख्न आफ्नो छालालाई अनुकूल हुने क्लिन्जर वा फेसवास प्रयोग गर्नुपर्छ । त्यस्तै हाइड्रेसन दिएर छालालाई मुलायम बनाइराख्न छालालाई उपयुक्त हुने मोइश्चराइजरको प्रयोग गर्नुपर्छ । तेस्रोमा छालालाई सुरक्षित राख्न उपयुक्त सनस्क्रीनको प्रयोग गर्नुपर्छ । यी सबै प्रयोगका लागि छाला रोग विशेषज्ञको सरसल्लाह लिएर प्रयोग गर्दा अवश्य पनि फलदाइ हुनेछ । प्रायजसो मानिस छालाको रुप नबिग्रिएसम्म त्यसको हेरचाहमा ध्यान दिने प्रति सजग हुँदैनन र यदि छालाको कुनै समस्या परेमा जथाभावी ओभर द काउन्टर औषधिहरुको प्रयोग गर्ने प्रचलन छ । यसले गर्दा कतिपय औषधिहरुले धेरै प्रयोगकर्ताहरुको छालामा सकारात्मक भन्दा नकारात्मक असर परेको हुन्छ । औषधिहरु प्रयोग गर्दा धेरैजनाले औषधिको साइड इफेक्ट हुँदैन भन्ने ठान्छन् । तर वास्तवमा लगाउने औषधिहरुको पनि साइडइफेक्ट हुन्छ र औषधि प्रयोग गर्न छाडेपछि अपरिवर्तनीय हुन्छ ।
हामीले आफूखुशी स्टेरोइड समूहका औषधि प्रयोग गर्दा तत्कालीन रुपमा त राम्रो प्रभाव देखिएला । तर यसले दीर्घकालीन रुपमा छाला एकदम पातलो बनाउने, छालामा रगतका नलीहरु देखिने, एक रातो हुने जस्ता समस्या ल्याउँछ । यस्ता औषधि प्रयोग गरुञ्जेल छाला राम्रो देखिन्छ र छोडेपछि छाला बिग्रन्छ । छालामा स्टेरोइडको लत लागेजस्तो हुन्छ ।
चिकित्सकको सिफारिसमा यस्तो औषधि प्रयोग गर्दा साइड इफेक्ट नहुनेगरी वा भएमा त्यसबाट जोगाउने विभिन्न प्रक्रिया अपनाएर मात्र प्रयोगमा ल्याइएको हुन्छ । स्किन एजिङ भनेको अपरिहार्य प्राकृतिक प्रक्रिया हो जुन करिब २५—३० वर्षको उमेरदेखि नै शुरु हुन्छ । जसमा छालाको टेक्सर (बनावट) मा परिवर्तन, छालाको रंगमा परिवर्तन, कन्टोर (रुपरेखा) र मोइश्चर (मुलायम) हुन्छ । स्किन एजिङ असरलाई रोक्न सकिदैन तर छाला रोग विशेषज्ञको सहयोगले यसलाई ढिला गर्न सकिन्छ । स्किन एजिङ भएको छालालाई रिजुबिनेसन (कायाकल्प) गर्नलाई लगाउने क्रिम, माइक्रोडर्माएव्रेजन, केमिकल पिलिङ, लेजर रिसर्फेसिङ तथा कस्मेटिक सर्जरी गर्न सकिन्छ ।
चायाँ पोतो भेनेको महिला तथा पुरुषमा देखिने समस्या हो । यसको कारण वंशाणुगत पनि हुनसक्छ । हर्मोनल इन्फ्लुएन्सले हुनसक्छ । कम मात्रामा थायराइडको समस्याबाट पनि भएको पाइएको छ । तर सबैभन्दा प्रमुख कारण घामको प्रभावले भएको देखिन्छ । यसका साथै गर्भवती अवसथामा पनि यसको शुरुवात् भएको प्रशस्त देखिन्छ । चायापोतोले आन्तरिक रुपमा केही खराबी गरेको हुँदैन । केवल बाहिरी रुपमा छालाको सौन्दर्य बिगारेको मात्रै हुन्छ । यसको उपचार गर्न सकिन्छ तर सबैभन्दा महत्वपूर्ण कुरा छालालाई घामबाट बचाउने उपयुक्त उपाय हो ।

प्रतिक्रिया दिनुहोस्