Logo
|
Friday 26th April 2024
Logo

epaper

बाहिरी आवरणलाई सुन्दर बनाउन कस्मेटिक शल्यक्रिया



अनुहार एवं शरीरको बाहिरी आवरणलाई सुन्दर बनाउन गरिने विधालाई कस्मेटिक शल्यक्रिया भनिन्छ । यो चिकित्सा सेवाको युनिक शाखा हो । कस्मेटिक शल्यक्रियाअन्तर्गत सर्जिकल र नन सर्जिकल दुवै प्रविधिको प्रयोग गर्न सकिन्छ । यसले नमिलेको अनुहारको कुनै पनि भाग मिलाउन र व्यक्तिलाई पहिलेको अवस्थामा ल्याउन मद्धत गर्छ । शरीरको टाउको, घाँटी र अन्य विभिन्न अंगको शौन्दर्यता फिर्ता ल्याउन कस्मेटिक शल्यक्रियाको जरुरत पर्छ ।
कस्मेटिक सर्जरीमा के कस्ता सेवाहरु लिन सकिन्छ ?
आफ्नो शरीरको कुनै पनि बाहिरी भागको बनावट मन नपर्ने र त्यसको आकृतिमा सुधार गर्न चाहने व्यक्तिले कस्मेटिक शल्यक्रिया सेवा लिने गर्छन् । यसरी आँखाको ढकनी बनाउने (Asian Blepharoplasty),  आँखाको लत्रिएको छाला मिलाउने (Upper Blepharoplasty ),  उमेरसँगै आँखा मुनि बोसो या लत्रिएको छाला मिलाउने (Lower Blepharoplasty),  अनुहारको छाला तन्काउने (Facelift), गालामा डिम्पल बनाउने (Dimpleplasty ),  शरीरको विभिन्न भागबाट बोसो निकाल्ने (Liposuction) उक्त निकालिएको बासोलाई फेरि विभिन्न अंगमा प्रत्यारोपण गर्ने (Autologus Fat Transfer ),  नाकको फुली लगाउने प्वाल बन्द गर्ने (Nasal hole Repair) ,कानको च्यातिएको लोति सिलाउने (Ear hole Repair) अनुहारको चाउरिपन हटाउने (Neurotoxin)  आदिमा अत्यधिक शल्यक्रिया सेवा लिन आउने गर्छन् । यी माथि उल्लेख भएका सेवाहरुमध्येका कति शल्यक्रिया बेहोस पारेर या बेहोस नपारी गर्न सकिने खालका छन् ।

दक्ष सर्जनको भुमिका कस्तो हुनुपर्छ ?
कस्मेटिक सर्जरी सेवा कस्तो व्यक्तिलाई दिने र कस्तो व्यक्तिलाई दिन सकिदैन भन्ने कुराको सही निर्णय लिनुपर्छ । यस्तो निर्णय दक्ष शल्यचिकित्सकले मात्र लिन सक्ने भएकाले कस्मेटिक सम्बन्धि कुनै पनि शल्यक्रिया गर्दा एउटा दक्ष शल्यचिकित्सकको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले दक्ष शल्यचिकित्सक रोजेर र बुझेर मात्र सेवा लिएमा गुणस्तर र सही परिणाम प्राप्त सकिन्छ ।
सेवा लिने व्यक्तिले ख्याल गर्नुपर्ने कुराहरु के के छन् ?
आफूले लिएको सेवाबाट भविष्यमा हुनसक्ने सम्भावित समस्याबारे सेवाग्राही जानकार हुनुपर्छ । आफूले गर्नुपर्ने र गर्न नहुने कुराको अगाडि नै जानकारी भएमा भविष्यमा हुनसक्ने सम्भावित खतरालाई न्युनिकरण गर्न सकिन्छ र सोचेजस्तो परिणाम पाउन सकिन्छ । कस्मेटिक शल्यक्रिया गर्नुपूर्व चिकित्सकलाई आफ्नो सम्पूर्ण समस्याको जानकारी गराउनुपर्छ । आफूलाई भएको समस्या, आफूले खाइरहेको औषधि तथा हर्बल सप्लिमेन्टस्बारे जानकारी गराउनुपर्छ । यसका साथै चुरोट, जाँड, रक्सी सेवन गर्ने बानी भएमा पनि चिकित्सकलाई बताउनुपर्छ । यसबाट भविष्यमा हुनसक्ने समस्या न्युनिकरणमा मद्धत पुग्छ ।
कस्तो अवस्थामा कस्मेटिक सर्जरी गर्न मिल्दैन ?
उच्चरक्तचाप, मधुमेह नियन्त्रण नभएका व्यक्तिहरुमा कस्मेटिक सर्जरी गर्न सकिदैन । उक्तरक्तचाप नियन्त्रण नभएमा ब्लिडिङ हुने र रगत जम्ने संभावना उच्च हुन्छ । त्यसैले राम्रो परिणाम पाउन र चाँडै रिकभर गराउन यस्ता कुरामा ध्यान दिनुपर्छ । बिरामीको सुरक्षालाई विशेष ध्यानमा राखेर सेफ एण्ड इफेक्टिभ ट्रिटमेन्टलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ । सम्भव नभएको परिणाम खोज्ने र मानसिक समस्या भएका व्यक्तिको कस्मेटिक सर्जरी गर्न सकिदैन ।
कस्मेटिक सर्जरी गर्दा हुनसक्ने जोखिमहरु के के हुनसक्छ ?
कुनै पनि शल्यक्रियाको सामान्य जोखिमअन्तर्गत ब्लिडिङ र संक्रमण पर्छन् । यसबाहेक सेवा अनुसार अन्य समस्याहरु पनि आउनसक्छ । एउटा दक्ष शल्यचिकित्सकले त्यसलाई न्युनिकरण गर्ने विषयमा ध्यान राखेर योजना तयार पर्नुपर्छ ।
लाइपोसक्सन के हो ?
लाइपोसक्सन सन् १९७०—८० को दशकबाट सफल प्रयोगमा आएको हो । विगतमा बोसो निकाल्ने मात्र हुन्थ्यो भने अहिले आफ्नो शरीरको बोसो आफ्नै शरीरको अन्य भागमा प्रयोग गर्ने गरिएको छ ।
मोटोपना घटाउन हेल्दी लाइफस्टाइलमा ध्यान दिनुपर्छ । खाना र शारीरिक अभ्यासमा विशेष ख्याल गर्नुपर्छ । लाइपोसक्सन तौल घटाउने माध्यम होइन । शरीरमा बढी भएको बोसो अलि अलि निकालेपछि शारीरिक तौल घट्ने त आफ्नो ठाउँमा छ । तर लाइपोसक्सन भनेको बडी कन्टोरिङ प्रोस्युजर हो । खाना र शारीरिक अभ्यासबाट नभएपछि लाइपोसक्सन प्रयोग गरेर बोसो घटाइन्छ ।
पेटमा ससाना प्वाल बनाएर लाइपोसक्सन क्यानुला प्रयोग गरेर बोसो खुर्केर निकालिन्छ । यो दक्ष व्यक्तिबाट गरेमा सम्भाविता साइड इफेक्ट कम गर्न सकिन्छ ।(कस्मेटिक सर्जन डा. गोर्खाली एस्थेटिक्स वाई डा. गोर्खाली कस्मेटिक सर्जरी एण्ड डर्माटोलोजी सेन्टर मा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्