Logo
|
Friday 26th April 2024
Logo

epaper

नर्स र मिडवाइफहरुको लाइसेन्स परीक्षा आगामी मंसिर १३ गते हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नर्स र मिडवाइफहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी मंसिर १३ गते हुने भएको छ । नेपाल नर्सिङ परिषद्ले आज सूचना सार्वजनिक गर्दै बार्षिक कार्यतालिका अनुसार परीक्षा लिन लागिएको जनाएको छ ।

नर्सिङ लाइसेन्स परीक्षाका लागि पीसीएल नर्सिङ, वा विएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने र मिडवाइफका लागि व्याचलर इन मिडवाइफ्रि साइन्स (वीएमएस) उत्तीर्ण भएको हुनुपर्ने उल्लेख छ ।

परीक्षा फारम ४ असोज देखि ३ कात्तिक सम्म भर्न सकिने छ । ४ कात्तिक देखि १५ कात्तिकसम्म फारम भर्दा दोब्बर दस्तुर तिर्नुपर्ने  परिषद्ले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्