Logo
|
Saturday 21st December 2024
Logo

epaper

घिऊ, चाकु, लड्डु, तरुल र खिचडीको पर्व माघे संक्रान्ति ! स्वास्थ्यलाई फाइदै फाइदा




जनस्वास्थ्य सरोकार । नेपालीहरुले परम्परागत रुपमा मनाउंदै आइरहेको अर्को प्रचलित चाडको नाम हो माघे संक्रान्ति । यसलाई मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि नामले पनि पुकार्ने गरिन्छ । जुन माघ महिनाको पहिलो दिनमा पर्दछ । उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ । माघे संक्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको पाइन्छ ।
माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै मकर संक्रान्ति भनिएको हो भन्ने भनाइ रहँदै आएको छ । सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिदै जाने र रात छोटदै जाने विश्वास गरिन्छ ।
माघे संक्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भन्दो र मकलसहितको सीदा दान गरेमा बिशेष फल प्राप्त हुने र यस्ता चिज सेवन गरेमा शरीर पोषिलो हुनुका साथै रोगब्याधी नलाग्ने धार्मिक ग्रन्धमा उल्लेख गरेको पाइन्छ ।


खासगरी जाडो मौसममा शरीरलाई धेरै पौष्टिक आहार तथा थप उर्जाको अवश्यताका पर्दछ । साथै प्रतिरोधात्मक क्षमता बढाउनुन पनि थप उर्जा (शक्ति) को अवश्यकता पर्दछ । विविध जाति र समुदायको बाहुल्यता रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ ।

तराईका जिल्लाहरूमा मैथिलीले तिला ंसंक्रान्तिको पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । मगर जातिहरुले यस पर्वलाई ३ दिनसम्म बिशेष धुमधामका साथ मनाउने गर्दछन् । पहिलो दिन स्नान गरेर पुर्खा तथा कुलायनको पूजा गर्ने र दिदीबहिनीलाई ‘निशो’ ले पुज्ने प्रचलन छ । दोस्रो दिन माघ खान बनभोजको रुपमा टाढा जाने गर्दछन् भने अन्तिम दिन गाउँभरिका पुरुषहरु मिलेर तारो हान्ने चलन छ ।
हिजोआज भने माघे सक्रान्ति देश विदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएको छ । तिलका लड्डु, चाकु, तरुल र सेलरोटी जस्ता विभिन्न परिकारका साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ ।

घिउ र चाकु
मानिसको शरीर पञ्चतत्वले बनेको हुन्छ । घिउ तेल जस्ता चिल्लो पदार्थहरु शक्ति (क्यालोरी) का मुख्य स्रोत हुन् । खासगरी जाडो मौसममा शरीरलाई बढी ऊर्जाको आवश्यकता पर्दछ । यस चाडमा घिउ चाकु खाने गरिन्छ । उखुलाई आगोमा खारेर चाकुमा परिणत गरिने भएकाले शरीरमा ताप सिर्जना गर्न मुख्य खाद्य पदार्थका रूपमा पुर्खाले चाकु खाने परम्पराको सुरुवात गरेको भनाइ छ । चाकुमा सुक्रोज (क्गअचयकभ) भन्ने ग्लुकोज पाउनुकोे साथै केही मात्रामा खनिज पदार्थहरु पनि पाइन्छ । तर, मधुमेह र मिर्गौलाका बिरामी र शरीरको तौल बढी भएका व्यक्तिहरुले घिउ चाकुको सेवन कम गर्नुपर्दछ ।

तिलको लड्डु
तेलमध्ये तिलको तेल सबैभन्दा उत्कृष्ट मानिन्छ । खासगरी तिलले शरीरलाई शक्ति प्रदान गर्छ । त्यसैले पनि संक्रान्तिमा तिलको लड्डु बनाएर खाने प्रचलन छ, जुन जाडोमा अत्यन्तै स्वस्थ्यकर मानिन्छ । तिलमा धेरै किसिमका भिटामिन र खनिज पदार्थ पाइन्छन् जुन हाम्रो शरिरलाइ अति आवश्यक तत्वहरु हुन् । यसबाट आइरन र प्रोटिनको मात्रा पनि पाइन्छ । ति मध्ये पनि क्याल्सियम र भिटामिन ‘बी’ मुख्य हुन् । यसमा केही मात्रामा प्रोटिन पनि पाइन्छ भने यसमा राम्रो प्रकारको चिल्लो पनि पाइन्छ ।
तिलको लड्डु सेवन गर्नाले रुघाखोकी निको हुनुका साथै हाडजोर्नीको दुखाइ कम हुन मद्धत गर्छ । साथै अर्थराइटिस (वाथ) रोगमासमेत फाइदा पुर्याउँछ । तिल सबै उमेरका व्यक्तिहरुको लागि उपयुक्त हुन्छ भने अझ ४० वर्ष नाघेका महिलाहरुका लागि राम्रो मानिन्छ । तर तिलको लड्डुमा पोटासियमको मात्रा धेरै हुने भएकोले मिर्गौलाका बिरामीहरुको लागि उपयुक्त हुँदैन ।

तरुल
तरुल रेसादार एक किसिमको कन्दमुल हो । यसमा केही मात्रामा प्रोटिन पाइन्छ भने विभिन्न प्रकारका भिटामिन र खनिज पदार्थ पनि पाइन्छन् । यसमा अरु तरकारीहरुमा भन्दा केही बढी मात्रामा शक्ति (क्यालोरी) हुन्छ । तरुलमा प्रशस्त फाइबर पाइने भएकाले पाचन प्रक्रियामा राम्रो गर्छ । तरुलमा भिटामिन बी—६ धेरै मात्रामा पाइन्छ । त्यसै यसको सेवनले मुटु सम्बन्धि समस्यामा फाइदा गर्छ । तरुलमा एन्टीअक्सिडेन्ट हुने कारण क्यान्सर रोगसँग लड्न समेत मद्धत गर्छ । स्वासप्रश्वास तथा छालासम्बन्धि समस्यामा तरुलले राम्रो फाइदा गर्छ । तरुलमा पर्याप्त मात्रामा कार्वोहाइड्रेड पाइन्छ । त्यसैले यो शक्तिको प्रमुख स्रोत हो । डाइबिटिजका बिरामीले तरुललाई कम प्रयोग गरेमा राम्रो हुन्छ ।

सखरखण्ड
सखरखण्डलाई शक्तिवद्र्धक मानिन्छ । यसमा पर्याप्त कार्बोहाइड्रेट पाइन्छ । सखरखण्डमा प्रशस्त्र मात्रामा फाइवर हुने भएकाले कव्जियत हुन पाउँदैन । साथै पाचन प्रक्रियालाई बलियो बनाउँछ । सखरखण्डले रक्तचाप नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । सखरखण्डमा भिटामिन ‘ए’ र भिटामिन ‘डी’ प्रशस्त पाइने कारण स्वस्थ आँखा र हड्डीका लागि यो उपयोगी मानिन्छ । गुलियो भएता पनि यसमा उच्च स्तरमा चिनीको मात्रा नहुने हुनाले सखरखण्ड मधुमेह रोगीका लागि पनि हितकर मानिन्छ ।
खिचडी
दाल–चामल एकसाथ मिलाएर पकाइने परिकार हो खिचडी । खिचडीमा कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फाइबर, म्याग्निसियम, पोटासियम तथा फस्फोरस पाइन्छ । खिचडीमा तेल मसलाको प्रयोग हुँदैन, जसका कारण यो पचाउन निकै सहज हुन्छ । त्यसैले होला बिमारी हुँदा खिचडी खान चिकित्सकहरुले सुझाव दिने गरेको पाइन्छ । कमजोर पाचन प्रणाली भएकाहरुलाई खिचडी फाइदाजनक मानिन्छ । खिचडीको सेवनले शरीरलाई उर्जा प्रदान गर्छ । साथै यसले रोगप्रतिरोधी क्षमता पनि मजबुत बनाउन सहयोग गर्छ । पित्त तथा कफको समस्यामा पनि खिचडी लाभदायक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्