Logo
|
Thursday 13th March 2025
Logo

epaper

विश्व मिर्गौला दिवस २०२५: ‘मिर्गौला स्वास्थ्यबारे शुरुमै थाहा पाउँ’

'प्रत्येक १० जना मध्ये एक जनालाई मिर्गौला रोग लाग्ने'



नेपाल हेल्थ न्युज, काठमाडौँ । आज विश्व मिर्गौला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । यस वर्ष ‘मिर्गौला स्वास्थ्यबारे शुरुमै थाहा पाउँ’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाइँदै छ ।

मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनु पर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक बर्ष मार्च महिनाको दोस्रो विहीबार यो दिवस मनाउने गरिन्छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठका अनुसार प्रत्येक १० जना मध्ये एक जनालाई मिर्गौला रोग लाग्ने गर्दछ । पछिल्लो समय मिर्गौला रोगको प्रकोप पनि बढी रहेको छ । मिर्गौला फेल हुनबाट बचाउन व्यक्ति स्वयं पनि लाग्नु पर्ने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ ‘खानपानमा ध्यान दिनु, बढी चिल्लो बढि गुलियो खानेकुरा नखाऔँ, धुमपान तथा मध्यपान नगरौँ, शारीरिक व्यायमलाई निरन्तरता दिने र छ महिना वा एक वर्षमा मिर्गौला परीक्षण गर्ने बानीको विकास गरौँ । यसले पनि मिर्गौलाको समस्या भएमा पनि सुरुवातमै थाहा हुन्छ र उपचारमा सहजता हुन्छ ।’

दिवसको अवसरमा बिभिन्न अस्पताल र स्वास्थ्यक्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले निःशुल्क मिर्गौला परीक्षण, र्‍याली गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्