Logo
|
Thursday 25th April 2024
Logo

epaper

स्टार हस्पिटलमा अत्याधुनिक जिआई सेन्टर !

वरिष्ठ जिआई सर्जन प्रा.डा. सुनिलकुमार शर्मा ढकालदेखि फादर अफ ग्याँष्ट्रोइन्टेरोलोजिष्ट आईएल आचार्यसमेतको नेतृत्व




जनस्वास्थ्य सरोकार, काठमाडौं । ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा चाँडै नै विशिष्ट श्रेणीको अत्याधुनिक ग्याँष्ट्रो सेन्टर सञ्चालनमा ल्याइने प्रक्रिया थालनी भएको छ । मुलुकका ख्यातिप्राप्त ग्याँष्ट्रोइन्टेरोलोजिष्ट र ग्याँष्ट्रोइन्टेरोलोजी सर्जनहरुको सहकार्यमा सो सेन्टर शुरु हुन लागेको हो ।


वरिष्ठ ग्याँष्ट्रोइन्टेस्टाइनल सर्जन, हेड एण्ड प्रिन्सिपल कन्सल्टेन्ट प्रा.डा. सुनिलकुमार शर्मा ढकालको नेतृत्व तथा वरिष्ठ ग्याँष्ट्रोइन्टेस्टाइनल एण्ड जनरल सर्जन प्रा.डा. सुनिल श्रेष्ठ र वरिष्ठ ग्याँष्ट्रोइन्टेस्टाइनल एण्ड जनरल सर्जन डा. प्रनिल राईको सह नेतृत्वमा कार्य थालनी भएको छ ।


सो टिममा अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहनुभएका वरिष्ठ ग्याँष्ट्रोइन्टेस्टाइनल सर्जन डा.शैल रुपाखेति, ग्याँष्ट्रोइन्टेस्टाइनल सर्जन डा. निरञ्जन पालिखे, ग्याँष्ट्रोइन्टेस्टाइनल एवं ल्याप्रोस्कोपिक सर्जन डा. निर्वाण राई, जनरल सर्जन डा. सुवोध घिमिरे, जनरल सर्जन डा. कृतेन्द्र राज शर्मा, सिनियर कन्ल्यान्ट ग्याँष्ट्रोइन्टेरोलोजिष्ट डा. रमिला श्रेष्ठको जम्बो टिमले काम अघि बढाएको छ ।


कोभिडका कारण रोकिएको पाचन प्रणालीसम्बन्धि रोग र ग्याँष्ट्रोइन्टेरोलोजी सर्जरीको सेन्टर सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल डाइरेक्टर डा. रुपाखेतिले जानकारी गराउनुभयो ।
‘पहिलो चरणका रुपमा ग्याँष्ट्रोइन्टेरोलोजिष्ट सर्जनहरुको प्रवेश भएको छ । छिटै नै दोस्रो चरणमा ख्यातिप्राप्त ग्याँष्ट्रोइन्टरोलोजिष्टहरुको प्रवेश हुने थालनी शुरु भइसकेको छ ।’—डा. रुपाखेतिले भन्नुभयो—‘जसमा फादर अफ ग्याँष्ट्रोइन्टेरोजिष्टको रुपमासमेत परिचित वरिष्ठ कन्सल्यान्ट ग्याँष्ट्रोइन्टेरोजिष्ट डा. आइएल आचार्य, वरिष्ठ कन्सल्यान्ट ग्याँष्ट्रोइन्टेरोलोजिष्ट डा. निरज जोशी, वरिष्ठ कन्सल्यान्ट ग्याँष्ट्रोइन्टेरोलोजिष्ट डा. दिनेश श्रेष्ठ, वरिष्ठ कन्सल्यान्ट ग्याँष्ट्रोइन्टेरोजिष्ट डा. दिपेशलाल गुर्वाचार्य, वरिष्ठ कन्सल्यान्ट ग्याँष्ट्रोइन्टेरोलोजिष्ट डा. शशी थापा,कोलोरेक्टल सर्जन डा. सत्यदिप भट्टचार्य रहनुभएको छ ।

यो सेन्टर ग्याँष्ट्रोको वान स्टप सोलुसनको रुप विकसित हुने छ ।


अस्पतालका अध्यक्ष एवं बैंकर्स किशोर महर्जन, मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतिले प्रा.डा. सुनिलकुमार शर्मा ढकाल लगायतका टिमलाई अस्पतालमा एक कार्यक्रमको आयोजना गरी स्वागत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्