Logo
|
Friday 29th March 2024
Logo

epaper

क्यान्सरबाट जोगिने उपाय त घर घरमै रहेछ ! जानौँ



जनस्वास्थ्य सरोकार, काठमाडौँ । शुरुवातकै अवस्थामा क्यान्सर पत्ता लागेमा यसको उपचार सम्भव छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार, यदि समयमै रहँदै क्यान्सर पत्ता लागेमा आफ्नो खानपानको माध्यमबाट कम गर्न सकिन्छ र पहिलाबाट नै सजग रहेमा क्यान्सर हुनबाट रोक्न सकिन्छ । धेरै यस्ता खानाहरु छन् जसलाई नियमित रुपमा खानाले क्यान्सर हुनबाट रोक्न सकिन्छ ।

सिमी
यसमा प्रशस्त मात्रामा फाइबर एवं प्रोटिन पाइने भएकाले तपाईंको शरीरका कोषिकाहरुको रक्षा गर्न मद्धत गर्छ । बिस्तारै बढिरहेको ट्यूमरको विकासको गति कम गर्न मद्धत गर्छ ।
ओखर
ओखर हाम्रो स्वास्थ्यका लागि धेरै लाभकारी हुन्छ । यसमा फाइबर, भिटामिन बी, म्याग्नेशियम र एन्टीअक्सिडेन्ट धेरै मात्रामा हुन्छ । ओखर प्रोटिनको पनि राम्रो स्रोत हो । ओखरले क्यान्सरलाई प्राकृतिक तरिकाले ठीक गर्दछ । यसमा एन्टीअक्सिडेन्ट हुने भएकाले क्यान्सर सेललाई एक ठाउँमा जम्मा हुन दिँदैन । ब्रेस्ट क्यान्सर रोक्न ओखर सबैभन्दा लाभदायक मानिन्छ । यसको अलावा यसले ट्यूमर बन्न पनि रोक्दछ ।
टमाटर
टमाटर अर्थात गोलभेडामा प्रोटिन, भिटामिन, चिल्लो जस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ र कार्बोहाइडे«डको मात्रा कम हुन्छ । टमाटरलाई सलादको रुपमा सेवन गर्नाले पेटको क्यान्सर हुने खतरा ६० प्रतिशत सम्म कम हुने बताइन्छ । टमाटरमा लाइकोपिन तत्व धेरै मात्रामा पाइने भएकाले यसले विभिन्न किसिमका क्यान्सर रोक्न मद्धत गर्ने विभिन्न अध्ययन अनुसन्धानहरुले बताएका छन् ।
ब्रोकाउली
ब्रोकाउलीमा भिटामिन र मिनरल पर्याप्त मात्रामा पाइन्छ । रोग विज्ञानको अध्ययनअनुसार, ब्रोकाउली जस्ता तरकारीले क्यान्सरबाट बचाउन मद्धत गर्दछ । यसमा ग्लूकोसिनोलेट्सको मात्रा पर्याप्त हुन्छ । सलफोरफेन र ग्लूकोसिनोलेट्समा क्यान्सरसँग लड्ने प्राकृतिक तत्व पाइन्छ । ब्रोकाउलीलाई टोक्दा र चबाएपछि यो ग्लूकोसिनोलेट्स हाम्रो शरीरमा जान्छ र यो फाइटोन्यूटिरयन्टसमा बदलिन्छ । यसलाई आइसोथायोसाइनेट भनिन्छ । यसले शरीरमा ट्यूमर बन्न रोक्न मद्धत गर्दछ ।
अनार
अनार भिटामिनको धेरै राम्रो स्रोत हो । यसमा भिटामिन ए, सी, ई र फोलिक एसिड हुन्छ । यसमा एन्टीअक्सिडेन्ट्स एन्टीभाइरलको विशेषता पाइन्छ । यसलाई हामी स्वास्थ्यको खजाना पनि भन्न सक्छौं । प्रोस्टेट र स्तन क्यान्सरले चिन्तित भएकाहरुले दिनहुँ अनारको जुस पिएमा क्यान्सर बढ्ने खतरा कम गरिदिन्छ । दिनहुँ अनारको जूस पिउनाले शरीरमा पीएसएको स्तर कम गर्दछ र क्यान्सरसँग लड्ने कोशिकालाई मद्धत गर्दछ ।
लसुन
क्यान्सरको उपचारमा लसुनको महत्वपूर्ण भूमिका हुन्छ । चिकित्सकीय शोधले लसुन नियमित खाने मानिसलाई क्यान्सर हुने खतरा धेरै कम हुने देखाएको छ । लसुनमा क्यान्सरसँग लड्ने विलक्षण क्षमता हुन्छ । यसले क्यान्सर भड्काउने तत्वको असर कम गर्दछ र नाइटे«टको निर्माणमा बाधा उत्पन्न गरी पाचन मार्ग तथा प्रोस्टेट क्यान्सरको उपचारमा धेरै प्रभावकारी सिद्ध हुन्छ । लसुनमा क्यान्सर निरोधी तत्व हुन्छ । यसले शरीरमा क्यान्सर बढ्न दिँदैन ।

माछा
इष्ट एंगलीया विश्वविद्यालयका अध्ययनकर्ताहरुका अनुसार, धेरै मात्रामा भिटामिन सी ई तथा खनिज सेलेनियम लिइरहनाले अग्नाशय क्यान्सरको आशंका २ तिहाई सम्म कम हुन्छ । यो खनिज मात्रामा पाइन्छ । त्यसैले क्यान्सरबाट बच्न सेलेनियम भरपूर मात्रामा भएका माछाहरु उपभोग गर्न आवश्यक हुन्छ ।

भटमास
क्यान्सरबाट बच्न भटमासको सेवन फाइदाजक मानिन्छ । फूड रिसर्च इन्टरनेशनलमा प्रकाशित अध्ययनका अनुसार, भटमासले कलेजो, फोक्सोको क्यान्सरबाट बचाउन मद्धत गर्छ । यसमा पाइने ओलेक एसिडले ट्यूमर विकसित हुन दिँदैन ।

ग्रीन टी
ग्रीन टीमा हुने औषधीय गुणले विभिन्न प्रकारका क्यान्सरबाट सुरक्षा प्रदान गर्न मद्धत गर्छ । दिनहुँ ग्रीन टी पिउनाले क्यान्सरको कोषिकाहरु बन्न बन्द हुन्छ । नियमित रुपले दिनमा ३ पटक पटक ग्रीन टी पिउनाले शरीरमा बन्ने क्यान्सर कोषिकाहरुको संभावना रहँदैन ।

बेसार
औषधीय गुण भएको बेसारले क्यान्सर हुनबाट हामीलाई जोगाउन मद्धत गर्छ । बेसारमा रहेका सर्कुमिन नामक फाइटोन्यूट्रियन्ट सर्भिक्स क्यान्सरबाट शरीरको सुरक्षा गर्दछ ।

मरिच
मरिचले विभिन्न प्रकारका क्यान्सरबाट हामीलाई सुरक्षा प्रदान गर्छ । यसमा धेरै मात्रामा एन्टि अक्सिडेन्ट र पैपरिन एन्टि क्यान्सरको रुपमा प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्