Logo
|
Saturday 20th April 2024
Logo

epaper

सबै रेडियोलोजी तथा इमेजिङ सेवा नेपालमै सम्भव




जनस्वास्थ्य सरोकार, काठमाडौँ । शरीरका हरेक अंगमा क्यान्सर हुनसक्छ । नेपालमा पनि क्यान्सर रोग वातावरणीय क्षेत्र, वंशाणुगत, अवस्थ्यकर जीवननशैली, धुम्रपान लगायतले क्यान्सरको जोखिम निम्तिने गरेको पाइन्छ । क्यान्सर पहिचान र उपचारमा रेडियोलोजीको भूमिका केन्द्रविन्दुमा रहन्छ ।

संसारभर विभिन्न किसिमका पहिचान र उपचार मोडालिटीहरुको विकास भइरहेका छन् । मेमोग्राफीले स्तन क्यान्सर रोग पत्ता लगाउन मद्दत गर्छ । सिटीस्क्यानले ब्रेन, फोक्सो, पेट, लिभर, हाडजोर्नीको क्यान्सर पत्ता लगाउन सहयोग गर्छ ।

यस्तै, क्यान्सरको चरण पत्ता लगाउन सिटीस्क्यानले सघाउ पुर्याउँछ । क्यान्सरको फैलावट दर पत्ता लगाउन रेडियोलोजीको आवश्यक पर्छ । एमआरआइले क्यान्सर हो या पक्षघात के हो ? कुन किसिमको क्यान्सर हो ? छुट्याउन मद्दत गर्छ । व्रेन क्यान्सर र मुखमा क्यान्सर छ या छैन पत्ता लगाउन सहयोग पुर्याउँछ ।

सिटीस्क्यान मेसिन

घाँटीको क्यान्सर पहिचान गर्नपनि एमआरआइले मद्दत पुर्याउँछ । छातिको क्यान्सर पत्ता लगाउन सिटी स्क्यान र एमआरआइ दुवैले सहयोग पुर्याउँछन् । हाडजोर्नी, मांशपेसीमा एमआरआइको महत्वपूर्ण भुमिका रहेको हुन्छ । यसले कतिसम्म क्यान्सर फैलिएको छ ? कुन किसिमको उपचार गर्ने हो ? निको भइसकेको बारे जानकारी पाउन पनि एमआरआइ वा सिटिस्क्यानको भुमिका रहन्छ ।

एमआरआइ मेसिन

कसैलाई क्यान्सर भयो भने अप्रेसन गरेर केमोथेरापी, रेडियोथेरापी गरिसकेपछि तीन महिना वा ६ महिनामा सिटीस्क्यान र एमआरआई गरेर क्यान्सरको अवस्था प्रमाणित गरिन्छ । पेट स्क्यान विश्वव्यापी रुपमा प्रचलित छ । यसले क्यान्सर स्क्रिनिङ गर्न मद्दत पुर्याउँछ । क्यान्सरको फैलावट पत्ता लाग्छ । पेट स्क्यानपछि निको भएनभएको निक्र्योल हुन्छ । गामा क्यामेराले क्यान्सर फैलिएको थाहा दिन्छ । हड्डी सम्बन्धि रोग, संक्रमण, ट्यूमर पहिचानमा गामा क्यामेराले निकै मद्धत पुर्याउँछ ।

True Beam Accelerator – Varian


डेक्सा स्क्यानलाई उमेर पुगेका व्यक्तिहरुको हड्डी भाँचिने जोखिम कतिको छ भनेर पत्ता लगाउन प्रयोग गरिन्छ । अल्ट्रासाउण्ड मेसिनले विभिन्न रगतको नसा, मांशपेसी, पेटभित्रका रोगहरु पत्ता लगाउन सहयोग गर्छ । यसमा रेडियसन नहुने भएकाले नकारात्मक असर पर्दैन । तर फोक्सोभित्रको समस्या अल्ट्रासाउन्डले देखाउँदैन । सिटिस्क्यान नै गर्नुपर्छ ।


लिनियाक उच्चस्तरीय प्रविधि हो । यसले क्यान्सर भएको भागको ट्यूमरलाई मात्र मार्न मद्दत गर्छ । वरिपरीको भागमा असर गर्दैन । व्रेन ट्यूमर, घाँटीको क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सरमा रेडियोथेरापी दिने गरिन्छ । लिनियाकले पाँच मिनेट भित्रै रेडियसन दिने काम गर्छ ।

ब्रेकी थेराफी भनेको सम्बन्धित क्यान्सरयुक्त अंगभित्र रड छिराएर क्यान्सर कोष मार्ने प्रविधि हो । यो विशेषगरी पाठेघरको मुखको क्यान्सर उपचारमा प्रयोग गरिन्छ ।

ब्रेकी थेराफी मेसिन

म्यामोग्रामले सुरुवाती चरणमा स्तनमा भएको क्यान्सर ट्युमर पत्ता लगाउन मद्दत गर्छ । फैलिसकेको अवस्थामा यसको भूमिका हुँदैन । सुरुवाती चरणमा स्तन क्यान्सर पत्ता लागेमा पूर्ण रुपमा उपचार गर्न सकिन्छ । अल्ट्रासाउण्ड र सिटिस्क्यानको मद्धतले वायोप्सी लिने गरिन्छ ।

म्यामोग्राम मेसिन

प्रतिक्रिया दिनुहोस्