Logo
|
Friday 26th April 2024
Logo

epaper

सफलताको राज



जनस्वास्थ्य सरकोकार । ख्यातिप्राप्त अमेरिकी आविष्कार थोमस अल्भा एडिसनले भनेका छन्— ‘प्रेरणाले जे कुराको सुरुवात् गरेपनि सफलता पक्रन मिहिनेत आवश्यक पर्छ । बिजुली, ध्वनी रेकर्डिङलगायतका क्षेत्रहरुमा आवश्यक उपकरणहरुको विकास गरेका एडिसनको जस्तै सोच हरेक उद्यमीमा हुन जरुरी छ । डा. चक्रराज पाण्डे पनि मिहिनेतमा विश्वास गर्नुहुन्छ । वरिष्ठ अर्थोपेडिक सर्जनका रुपमा मात्र चर्चित नभई अस्पताल व्यवस्थापनमा पनि अव्वल व्यक्तिका रुपमा चिनिनुहुन्छ उहाँ । ग्रान्डी इन्टरनेशनल हस्पिटलका प्रवन्ध निर्देशकसमेत रहनुभएका डा. पाण्डेका अनुसार, अस्पताल स्थापनाकालमा झण्डै ९३ करोड रुपिँयाको हाराहारीमा लगानी भएको थियो । जुन यतिखेर १० अर्ब रुपियाँ मूल्य बराबरको पूँजी पुगेको छ । प्रोफेस्नल्ली मल्टिस्पेशलिष्ट स्पर्टिजका साथ पब्लिकको हेल्थ अवार्नेस साथसाथै प्रिभेन्टिभ हेल्थकेयर र क्युरेटिभ हेल्थ केयरलाई समेटेर दिने एक किसिमको स्वास्थ्य सेवालाई कर्पोरेट हेल्थको रुपमा लिनुहुन्छ, डा. पाण्डे । साथै कर्पोरेट हेल्थमा फाइनान्सियल्ली अट्याच, प्रोफेस्नालिजम, हेल्थकेयर कन्ट्रिव्यूसन, आर्थिक सवलिकरण समेटिएको हुन्छ । यसैसन्दर्भमा कर्पोरेट हेल्थमा सफलताको राजबारे डा. पाण्डेसँग जनस्वास्थ्य सरोकारले जानकारी प्रस्तुत गरेको छ । डा. पाण्डेको आफ्नै शव्दमा ।
इच्छाशक्ति
जीवनमा सफलता प्राप्त गर्न दिगो प्रयास र बलियो इच्छाशक्तिको जरुरत पर्छ । एउटै कुरा बारम्वार, घण्टौ घण्टा, दिनहुँ, महिनौ वर्षौ गर्ने भनेको कुरा साधारण कुरा होइन । यदि कसैमा दृढ इच्छाशक्ति छैन भने उसले कर्पोरेट हेल्थको त कुरा पर जाओस् साधारण ट्यूनिङ चलाउन पनि सम्भव छैन ।
आत्मप्रेरणाका कुरा
अरु कसैबाट मिल्ने वा आफै आउने प्रेरणा महत्वपूर्ण कुरा हो । म अर्को कुरा पनि जोड्न चाहन्छु ‘हरेक कदम तपाइले गर्नुहुन्छ नी तपाई महत्वपूर्ण हिसाबले ध्यान दिएर अनुशासनमा बस्नुपर्छ । अनि बल्ल लक्ष्यमा पुग्न सकिन्छ ।’
फीट फर मार्केट
मार्केट नबुझी गरिएको लगानीबाट सफलता हाँसिल गर्न सकिदैन । आवश्यकता नै नभइकन वा मार्केटको जरुरी नै नभएर लगानी गरियो भने त्यसबाट प्रतिफल मिल्दैन । लगानी जोखिममा पर्छ । कालोसूचीमा पर्न सक्ने सम्भावना रहन्छ । कर्पोरेट कोल्याप्स हुने सम्भावना बढ्छ ।
लगानी
लगानीलाई व्यक्तिगत रुपमा सुरक्षित गर्नुपर्छ । लगानीकर्ताको लगानीलाई आदर गर्नुपर्छ । त्यसको प्रतिफल समान रुपले दिन सक्ने वातावरण निर्माण गरेमा नेपालमा साना, ठूला विभिन्न किसिमको लगानी बढ्नेछ । साथै लगानी अनुसार जनशक्तिको आवश्यकता पनि बढ्छ । आर्थिक सबलिकरण बढ्दा समाज खुशी हुन्छ ।
मिसन र भिजन
व्यक्तिमा ठूलो सोच हुनुपर्छ । बर्षौपछि जीवनभरको हिसाब मात्र होइन आफू मरिसकेपछि पाँच पुस्तासँग सोच्न सक्नुहुन्छ भने त्यसले मुर्त रुप लिनसक्छ । त्यसले तपाईंलाई सफलता नजिक पु¥याउँछ ।

सफलता भनेको आफ्नो जीवनकालमा एउटा गाडी किन्नु या घर बनाउनु मात्रै होइन । सफलता भनेको आफ्नो जीवनमा केहि सकारात्मक परिवर्तन ल्याउनु हो ।

विशेषता
कर्पोरेटमा ‘अनुशासन’ सबैभन्दा महत्वपूर्ण कुरा हो । पार्टनरहरुको पृष्ठभूमि र उनीहरुले ‘टीममा काम गर्न सक्छन् कि सक्दैनन्’ भन्ने कुरा ख्याल गर्नुृपर्छ । उनीहरुले मिसन र भिजनलाई फलो गर्न सक्ने पर्सनालिटी हो की होइन ख्याल गर्नुपर्छ । उनीहरुको ज्ञान वा क्षमता छ या छैन । यदि त्यसो छैन भने लगानी गर्नु पनि ठिक छैन । मुख्यकुरा पैसा मात्र होइन, व्यवसायिकता पनि हुन जरुरी छ ।
पहुँच
पहुँचले संस्था छोटोसमय चल्न सक्ला तर, दीर्घकालीन हुँदैन । लामोसमय चल्ने भनेको मिसन र भिजन नै हो । लामो समयसम्म विजनेस लैजान व्यक्ति सानो चित्तबाट माथि उठ्न जरुरी छ । अन्य कर्मचारीहरुलाई म जस्तो कोहि छैन भन्ने सोच्नुहुँदैन । जो लिडरसिपमा बस्न खोज्छ त्यो मान्छे सबैभन्दा सानो बन्नुपर्छ । यसको अर्थ सबैसँग झुक्नु भनेको होईन । भ्याल्यु (मूल्य) लाई आदर गर्नु भनेको हो । त्यसैले पहुँचको भरमा जीवनभर सफलता प्राप्त गर्छु भन्ने कसैले सोचेको छ भने त्यो पुरा हुँदैन ।
नेटवर्क
नेटवर्क महत्वपूर्ण कुरा हो । भ्यालु बेस्ड इथिक्स बेस्ड, प्रोफेसनालिज्म बेस्ड, ग्रुप ह्याप्पीनेस, बेस्ड नेटवर्क हुन आवश्यक छ । जुनसुकै क्षेत्रमा कर्पोरेट कल्चरलाई वढावा दिन नेटवर्क महत्वपूर्ण मानिन्छ । सफलताको विन्दुमा पुग्न नेटवर्क हुनैपर्छ । नेटवर्कले संस्थालाई दिगो बनाउन मद्धत पु¥याउँछ । नेटवर्कलाई सम्मान गर्न सकिएन भने त्यस्तो खालको प्रणाली वा संस्थाहरु कोल्याप्स हुँदै जान्छन् । नेटवर्कीङलाई प्रोत्साहन गर्न सकिए व्यक्ति मात्र होइन मुलुककै लागि सुखद हुन्छ ।
म्यानेजिङ
मैले केहि सिइओहरुको पनि अन्तर्वार्ता लिएँ । उहाँहरुले डिभाइड एण्ड रुल गर्छु भन्नुभयो । डिभाइड एण्ड रुल म्यानेजमेन्टको बाटोबाट कर्पोरेट कल्चर विकास गर्न सकिँदैन । कोहि मानिसहरु कुरा लगाएको भरमा तलब खान्छन् तर, बुझ्ने मानिसहरुले के गर्नुप¥यो भने डिस्टेन्समा राख्नुप¥यो कसैको कुरा सुन्नुभएन । आफ्नो विवेकले क्षमता बढाउँदा व्यवस्थापकिय पक्षलाई सफलतातर्फ लैजान सकिन्छ ।
कौशल र ज्ञान
ज्ञान हुँदैमा व्यवस्थापन गर्न सकिन्छ भन्ने छैन । उदाहरणका लागि कुनै एक जना गाउँबाट आएको ठिटोले दुःखको धेरै फड्को मारेको छ । उसले सफलताको विन्दुमा पुग्न धेरै तपस्या गरेको छ भने उसले अरुको आत्मा बुझ्न सक्ने सम्भावना धेरै माथिल्लो स्तरको हुन्छ भन्ने मलाइ विश्वास छ । त्यसैले कसैले ल्याएर टुप्पामा राखेको मानिसले तलको आधार (जग) बुझ्दैन ।

अलिकति दुःख पाएको मानिसले मात्रै समाजलाई परिवर्तन गर्न सक्छ । व्यवसायलाई पनि उच्चस्तरमा लैजान सक्छ भन्ने मेरो विश्वास छ ।

लचकता
जीवनमा आफ्नो इथिकल भ्यालुजहरुलाई लिएर धेरै रीजिट हुनु ठिक छैन । मिटिङ प्वाइन्ट्सहरु पत्ता लगाउनुपर्छ । तर, मिसन, भ्यालुज, इथिक्ससँग सम्झौता गर्नुहुँदैन । अरुको कुरा त सुन्नुप¥यो नि । आफू मात्रै राम्रो, आफू मात्रै गर्नसक्ने सोच्न हुँदैन । एक जना हाउसकिपरले पनि आइडिया सिइओलाई दिनसक्छ । लचकता जुन व्यक्तिमा छ त्यो व्यक्ति कुशल व्यवस्थापक हुनसक्छ ।
जोश
इनर्जीको केन्द्रविन्दु के हो ? पत्ता लगाउनुपर्छ । इमान्दारिता, कडा परिश्रम, अरुको दुःख अनुभव गर्ने क्षमता, अरु मानिस वा समाजका लागि केहि गर्न सक्छु भन्ने इनर्जी नभएमा जोश आउँदैन । जोशको विन्दु भनेको इमान्दारीपन, उच्च सोच हो । ठूलो विचारले जुन मानिस अघि बढ्छ त्यो व्यक्ति सानातिना कुराले रोकिँदैन । थकित हुँदैन । त्यो मान्छेमा त्यति अठोट हुन्छ केहि गर्ने सोच पनि हुन्छ । कसैले छेक्न सक्दैन ।
गोपनीयता
एउटाको कुरा अर्कालाई लगाएर भड्काइदिने काम गर्नुहुँदैन । गोपनियतालाई मैले दुइ किसिमले लिन्छु । एउटा तपाइको बारेमा कसैले केहि कुरा ग¥यो, राम्रो कुरा गरेको छ भने भन्दिए हुन्छ त्यो गोपनियतालाई सेक्रेसीमा जरुरत पर्दैन ।
दोस्रो तपाइको बारेमा कसैले नेगेटिभ कुरा गरेको छ भने त्यो नेगेटिभ कुरा भनिदिनुहुँदैन । त्यसले सम्बन्ध विगारिदिन्छ । तर बिरामीको गोपनियता फरक कुरा हो । बिरामीको उपचार, खानपान र रोगको बारेमा कसैलाई भन्न हुँदैन ।
कोहि मान्छेले कसैलाई आदर गर्छ भने त्यसले मान्छे भड्काउने काम गर्दैन । मान्छेलाई सपार्ने काम गर्न सक्नुहुन्छ भने गर्नुस् । विगार्ने काम कहिलै पनि गर्नुहुँदैन ।
विरामीसँगको व्यवहार
कर्मचारीविना बिरामीले उपचार पाउँदैनन् । बिरामी बिना कर्मचारी रहन सक्दैनन् । बिरामी बिना डाक्टर पनि छैनन् । हाम्रो केन्द्रविन्दु भनेको विरामी हो । बिरामीलाई उपचार गर्ने टिम भनेको कर्मचारी हो । त्यसैले दुवै पक्षलाई देउताको रुपमा पुजा गर्नुपर्छ ।
प्रचलित नियम र कानुन अपडेट
नियम र कानुन विनाको अपडेट विना केहि पनि हुँदैन । जस्तो मलाई ग्राण्डी हस्पीटल ल्याउँदा बोर्डको माइनुट, कम्पनिको नियमावली, हस्पिटल सञ्चालनको लाइसेन्स र कम्पनि सञ्चालन सम्बन्धि थाहा थिएन । बोर्डको वहुमत पक्षले अरुलाई पत्तासाफ गर्छ भन्ने कुरा थाहा थिएन । संस्था सञ्चालन हुँदा पनि ति विषयबारे मैले थाह पाइन भन्नु आफ्नो कमजोरी हो । आर्थिक नियमावली, कर्मचारी विनियमावली सबै कुराको ज्ञान हुनुपर्छ ।
घाटा व्यवस्थापन
कोहि मानिसहरु संस्था घाटा देखाएर कोल्याप्स गराइदिने प्रकृतिका हुँदारहेछन् । घाटा भइहाल्यो भनेपनि इमान्दारीपूर्वक गरी राख्यो भने कहिँ न कहिँबाट श्रोत जुटाउन सकिँदो रहेछ । नेपालीको उखान छ नि घाँटी हेरेर हाड निल्नु । त्यसलाई हामिले आत्मसाथ गर्नुपर्छ । चाहिने भन्दा धेरै सपनाका प्रोजेक्ट ल्याउन हुँदैन । त्यसमा विचार गर्नुपर्छ । खर्च बढाएर गुणस्तर आउँदैन । बैज्ञानिक तवरले खर्च व्यवस्थापन गर्नुपर्छ । आफूसँग जति छ सो भन्दा बढि खर्च गरेर घाटालाई समाधान गर्न सकिदैन । त्यसले गर्दा आफ्नो औकात हेरेर खर्च गर्नुपर्छ ।
सुरक्षा नियम
अस्पतालमा बिरामी सुरक्षामा निकै ध्यान दिनुपर्छ । सुरक्षा भन्नाले हुलदंगा, आगलागी र बिरामी सुरक्षाको कुरा हो । यसमा सुरक्षित अस्पताल भवन र औषधिका कुराहरु पनि जोडिएर आउँछन् । त्रुटीपूर्ण शल्यक्रियाका कुराहरु पनि आउँछन् । अस्पतालको नियमानुसार चुस्तदुरुस्त बनाउनुपर्छ ।
आरोपका कुरा र यथार्थता
हामीले गरेका हरेक कामहरु गुणस्तरीय नहुन पनि सक्छन । कहिले काँही उच्च गुणस्तरीय काम गर्दागर्दै पनि आरोप आउनसक्छ । कहिलेकाहिँ गुणस्तरहीन कामलाई लिएर पनि आरोप आउनसक्छ । तर उच्च गुणस्तरीय काम गर्दागर्दैपनि आरोप आउँदा दुःख लाग्छ । गुणस्तरहीन काम गरेर आरोप आउँदा आत्मसाथ गर्नुपर्छ । अहिलेको सोसल मिडियामा एउटा ठाउँमा भिडियो सहित फेक न्यूज राखिदिन्छन जसले अफवाह फैलाइदिन्छ । जबकी त्यो घटनाको यथार्थ अनुसन्धान गरिएको हुँदैन । त्यो आरोप भाइरल हुन्छ । त्यो बेला तुरुन्तै मिडियालाई यथार्थ जानकारी गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्