Logo
|
Thursday 25th April 2024
Logo

epaper

जान्नुहोस् ! यस्ता छन् दही र चिउरा खानुका फाइदा



जनस्वाथ्य सरोकार, काठमाडौँ । आज असार १५ अर्थात दही चिउरा खाएर धान दिवस मनाउने दिन । आजको दिनलाई ‘मानो रोपेर मुरी फलाउने दिन’ भन्ने पनि गरिन्छ । नेपाली समाजमा आजबाट रोपाइ शुरु गरीन्छ र दही चिउरा खाएर मनाउने परम्परा छ ।

सामाजिक सञ्जालहरु पनि आज दही चिउराका पोष्टले भरिएका छन। दही चिउरा खादा मिठो मात्र होइन यसले स्वास्थ्यका लागि पनि निकै फाइदा पुर्‍याउँछ ।

यस्ता छन् दही खानुका फाइदा

  • दहीमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । साथै, यसमा सोडियम, पोटासियम, भिटामिन ए, डी, बी १२ पनि पाइन्छ।
  • दहीले मांशपेसी र हाड बलियो बनाउन मद्दत गर्छ।
  • रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
  • दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहयोग पुग्छ।
  • दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइन्छ।
  • पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम हुन्छ।

यस्ता छन् चिउरा खानुका फाइदा

  • चिउरा पकाउनु नपर्ने भएकाले हामीले जुनसुकै परिकारका साथ खान सकिन्छ।
  • प्रशस्त कार्बोहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्छ।
  • फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी हुन्छ।
  • चिउरामा भिटामिन ए, सि, क्याल्सिम र आइरनको प्रचुर मात्रा पाइन्छ ।
  • चिउरा फ्याट र ल्याकटोस नहुने भएकाले मुटुका लागि निकै स्वस्थ हुन्छ ।
  • यसमा आइरनको मात्रा धेरै हुन्छ । यसमा भिटामिन बी, कार्बोहाइड्रेट र प्रोटिन हुन्छ ।
  • चिउरामा थोरै तरकारी समावेश गर्दा यो खानाको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
  • यसमा कार्बोहाइड्रेटमा मात्रा धेरै हुने भएकाले शरिरमा ऊर्जाको स्तरलाई कायम राख्न सहयोग गर्दछ ।
  • चिउरा निकै सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेहरुले प्रयोग गर्न सक्छन् ।
  • चिउराले मधुमेह रोगीलाई निकै फाइदा पुर्याउँछ । यसको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको संचार ढिलो गराउँछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्