Logo
|
Friday 26th April 2024
Logo

epaper

विश्व मुटु दिवस २०२१ः ‘सम्पर्क बढाऊँ, मुटु बचाऊँ’

मुटु स्वास्थ्यका लागि जोड्न विभिन्न नविन तरिका खोज्न एक जरुरी आवश्यकता



जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व मुटु दिवस । मुटु रोग र मस्तिष्कघातबारे जागरुकता फैलाउन हरेक वर्ष सेप्टेम्बर २९ तारेखमा विश्व मुटु दिवस मनाउने गरिएको छ । विश्व मुटु महासंघले सन् २००० देखि विश्व मुटु दिवस मनाउन थालेको हो ।

विश्वव्यापी रुपमा मृत्युको मुख्य कारण मुटुसम्बन्धि रोगलाई लिइएको छ । विश्व मुटु महासंघका अनुसार, मुटु र मस्तिष्कघातका कारण हरेक वर्ष विश्वमा १ करोड ८६ लाख व्यक्तिको मृत्यु भइरहेको छ ।

यो दिनको उद्देश्य सुर्ति तथा सुर्तिजन्य पदार्थको उपयोग, अस्वस्थ आहार र शारीरिक निष्क्रियता जस्ता जोखिम कारकहरुलाई नियन्त्रण गरेर व्यक्तिलाई शिक्षित गराउनु हो । यसबाट मुटु रोग र मस्तिष्कघातलगायत समयपूर्व हुने ८० प्रतिशत मृत्युबाट बच्न मद्धत गर्ने महासंघले स्पष्ट पारेको छ ।

यो वर्षको अभियानको विषय ‘युज हार्ट टु कनेन्ट’ अर्थात ‘सम्पर्क बढाऊँ, मुटु बचाऊँ’ भन्ने रहेको छ । यो मुख्यगरी कम संसाधन क्षेत्र र समुदायहरुमा मुटु स्वास्थ्यका लागि मानिसहरुलाई जोड्न विभिन्न नविन तरिका खोज्न एक जरुरी आवश्यकतामा केन्द्रित छ ।

विश्व मुटु दिवस २०२१ को लक्ष्य विश्वव्यापी मुटु रोगको जागरुकता, रोकथाम र व्यवस्थापनका लागि डिजिटल स्वास्थ्यलाई शक्तिको रुपमा उपयोग गर्नु हो । यसमा टेलिहेल्थले एक महत्वपूर्ण भूमिका खेल्छ ।


यस वर्षको अभियान तपाईको ज्ञान, करुणा र प्रभावको उपयोग बारेमा छ । तपाई, तपाईका प्रियजन र समुदायका लागि तपाईं एक अभिन्न अंग हुनुहुन्छ जुन स्वस्थ्य मुटु राखेर स्वस्थ्य जीवन जिउने सबैभन्दा राम्रो मौका हो ।
यो तपाईंको आफ्नै मुटुसँग जोडनेबारेमा छ र राम्रो तरिकाले सुनिश्चितता गर्न सकिन्छ । हरेक मुटुसँग जोड्न डिजिटल शक्तिको उपयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्