Logo
|
Thursday 28th March 2024
Logo

epaper

हृदयघातमा तत्काल ज्यान जाने रहस्य



प्रा.डा.यादव भट्ट, सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट

हृदयघात कसरी हुन्छ ?
यसबारे एकिन कारण थाहा छैन । तर चुरोट, रगतमा उच्च कोलेस्ट्रोल, मधुमेह, उच्चरक्तचाप, परिवारका कुनै सदस्यलाई हृदयघात भएको अवस्था रहेमा हृदयघात हुने सम्भावना बढी हुन्छ ।


तर वंशाणुगत समस्या नभएको वा शुद्ध शाकाहारी व्यक्तिलाई पनि हृदयघात हुनसक्छ । यद्यपी मोटो मानिसलाई हृदयघात हुने संभावना बढी हुन्छ भने पातलो मानिसलाई कम हृदयघात हुने संभावना हुन्छ । तर पातलो मानिसलाई हृदयघात हुँदैन भन्ने चाँही होइन ।

हृदयघातमा किन सबैको ज्यान जाँदैन
हृदयघात भएर मुटुमा बगिरहने बिजुलीमा सर्ट सर्किट भएमा मानिसको तत्काल ज्यान जान्छ । हृदयघात भएर सबैभन्दा धेरै मानिस मर्ने भनेकै सर्ट सर्किट भएर नै हो । तर हृदयघात भएपनि सर्ट सर्किट नभएको अवस्थामा अस्पताल आइपुगेका बिरामीलाई बचाउन सकिन्छ । बिजुली बग्दा एउटा बाटो करेन्ट आउने र अर्को बाटो फर्किने हुन्छ । यसरी लाइभ र न्यूट्रल बिजुलीको प्रवाह एक आपसमा जुधेको अवस्थामा तत्काल मानिसको मृत्यु हुने गर्छ । कहिलेकाँही मुटु फुटेर मुटुको धेरै मासु मरेको अवस्थामा मुटुले काम गर्न नसक्ने हुनसक्छ ।


खर्चसँग उपचारको तुलना हुन्न
मुटुरोगको उपचारमा खर्च भन्दा पनि साइकोसोसल र जीवन रक्षाको सवाल जोडिएको हुन्छ । ३० बर्षमा हृदयघात हुने व्यक्ति ६० वर्षसम्म बचाउने अवस्थामा पुर्याउनु ठूलो कुरा हो । उपचारलाई खर्च सँग तुलना गर्न मिल्दैन । सामान्य त हृदयघात भएर अस्पताल आइपुगेका पुगेका ६ देखि ७ प्रतिशत बिरामी बचाउन सकिदैन । यद्यपी अस्पताल नपुग्दै ज्यान जानेहरुहरुको संख्या यो भन्दा धेरै हुन्छ ।


अन्यौलमा मुटुरोगी
मुटुरोग भइसकेका कतिपय बिरामी आफूलाई केही नभएको बताउँछन् । तपाईंलाई हृदयाघात भएको छ भन्दा पनि पत्याउँदैनन् । कतिपय बिरामी अन्तिम अवस्थामा पनि आउँछन् । कति बिरामी चाँडो पनि आउँछन् । ६० देखि ७० प्रतिशत हृदयघात हुने मानिसलाई पहिला कुनै पनि लक्षण आएको हुँदैन । एक्कासी हृदयघात भएर अस्पताल पुग्छन् ।

बिरामी बाँच्ने आधार
मुटुको नसामा रुकावट भएर मुटुको मासु मर्न थाल्छ । जति सक्दो चाँडो नसा खोलेर रगत सुचारु गर्न सकेको अवस्थामा मासु मर्नबाट बचाउन सकिन्छ । ढिलाइ भएमा मासु मर्दै जान्छ । कति मासु मर्यो र त्यहाँ कसरी बिजुली बगेको छ भन्ने विश्लेषणको आधारमा मानिस बाँच्छ कि बाँच्दैन भन्ने निर्णयमा पुगिन्छ ।
यद्यपी मुटुको नसाले मुटुमा रगत पुर्याउँछ । यदि नसा बन्द भएमा मुटुको मांशपेशीलाई आवश्यक पर्ने खाना उपलब्ध हुन सक्दैन र एक मिनेभित्र नै मांसपेशी मर्न थाल्छ । त्यसपछि लक्षण देखिन थाल्छ ।


मुटुरोग र हृदयघात
हृदयघात भनेको विभिन्न मुटु रोगमध्येको एक हो । यो एक्कसी हुनसक्छ । तर मुटुरोअन्तर्गत इन्फेक्सन, जन्मजात समस्या, मुटुको मांशपेशी कमजोर हुने आदि पर्छन् ।


धुलो र धुवाँले पनि हृदयघात
काठमाडौंको परिवेशलाई हेर्दा धुम्रपान, धुलो र धुँवाको व्यापक छ । यद्यपी धुवाँ र धुलोले पनि हृदयघात गराउनसक्छ भन्ने धेरै अध्ययनहरुले प्रमाणित गरिसकेका छन् । त्यसैले धुलो र धुवाँले मुटुमा असर गर्छ ।


हृदयघात उमेरले छेक्दैन
हृदयघात जुनसुकै उमेरमा हुनसक्छ । विगतमा बुढेसकालमा हृदयघात हुने मान्यता थियो । अब हृदयघातले उमेर हेर्दैन । २० वर्षको उमेरदेखि नै हृदयघात भएको पाइएको छ ।


हार्ट बिट र प्रेसरमा अन्तर
हार्ट बीट मुटुको धड्कन हो । मुटुले रगत फ्याक्ने गति ब्लड प्रेसर हो । प्रेसरले हृदयघात गराउन सक्छ ।


हृदयघातमा इन्टरभेन्सनल
बन्द भएर हृदयघात भएको मुटुको नसा खोलेपछि मुटुमा रगत सुचारु हुन्छ । यसबाट मुटुको मासु मर्न पाउँदैन र बिरामी बचाउन सकिन्छ । यो प्रविधिलाई इन्टरभेन्सनल वा एन्जिओप्लाष्टी भनिन्छ । यसको सफल दर ९९ प्रतिशत छ ।


मुटुको नसा खोल्दा खर्च
स्टैन्टको प्रकृतिअनुसार एक लाख ५० हजारदेखि दुई लाख रुपियाँसम्म पर्नसक्छ । औषधि राखेको अर्थात मेडिकेटेड स्टैण्ड महँगो हुन्छ । औषधि नराखेको अर्थात नन मेडिकेटेड स्टैण्डको मुल्य सस्तो पर्छ ।


हृदयघातको पुर्वानुमान
कतिलाई बिना लक्षण एक्कासी हृदयघात हुनसक्छ भने कसैलाई हृदयघात हुनुभन्दा एक महिना वा एक हप्ता अघिदेखि हिँड्दा छाति भारी हुने, घाँटी पोल्ने, चिउँडोमा दुखाई हुने, हातमा दुखाइ, सास फेर्न गारो हुनसक्छ । त्यसैले यसको इस्पेक्ट्रम बृहत छ । मुटुरोग जन्मजात, इन्फेक्सन, जीवनशैली, वंशाणुगत कारणबाट मुटु रोगको समस्या हुनसक्छ ।

गर्भावस्थामा मुटुरोग
गर्भावस्थामा हुने मुटुरोगको यसको एकिन कारण थहा भएको छैन । तर कहिलेकाँही रेडिएनको प्रवाह वा बिना कारण पनि गर्भावस्थामा मुटुरोग हुनसक्छ ।


खानपान र मुटुरोग
खानपानका कारण धेरै हुने मुटुको नसा (कोरोनरी आर्टरी) सम्बन्धि रोगहरु पर्दछन् । हृदयघात खापानसँग सम्बन्धित छ । चिल्लो पदार्थ, धुम्रपान एवं सूर्ति तथा सूतिजन्य पदार्थको अत्यधिक सेवन गर्ने व्यक्तिलाई चाँडै हृदयघात हुने सम्भावना धेरै हुन्छ । चाडपर्वमा धेरै खाएर पेटका रोगी बढ्न सक्लान तर मुटुका रोगी बढ्दैनन् । स्वस्थ्यबद्र्धक खानामा ध्यान नदिएमा यसले दीर्घकालीन मुटुमा असर गर्नसक्छ । एक दिन वा एक हप्तासम्म नियमित खाएको खानाले मुटुमा असर गर्दैन । त्यसैले धेरै चिल्लो भएका खाना कम गर्ने, नून कम गर्ने, कार्बोहाइडेट बढी भएका खाना जस्तैः भात, आलु, कन्दमुल कम गर्नुपर्छ । यस्ता खानाको निरन्तर उपभोगले मुटुमा असर गर्नसक्छ किनभने यस्ता खानामा स्टार्च धेरै पाइन्छ । संसारभर भएका अध्ययनहरुले पनि यही बताउँछन् । चुरोट एवं सुर्तिजन्य पदार्थको सेवनले सोभैm मुटुमा असर गर्ने भएकाले यस्ता चिज प्रयोग गर्न हुँदैन ।


मुटु स्वस्थ्य राख्न के गर्ने ?
-चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन नगर्ने
– चिल्लो खाना कम गर्ने
-नुनको सेवन कम गर्नाले मुटुका लागि हेल्दी डायट हुनसक्छ ।
– शारीरिक अभ्यासलाई निरन्तरता दिनुपर्छ । उमेर अनुसार दैनिक ३० देखि ४५ मिनेट छिटो छिटो हिँड्ने गर्नुपर्छ । कम्तिमा पनि हप्तामा ३ दिन हिँड्न सकेको अवस्थामा मुटुलाई स्वस्थ्य राख्न सकिन्छ भन्ने मान्यता छ ।
-मधुमेह र उच्च रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ ।
– कोलेस्टेरोल उच्च भएकाहरुले चिकित्सकको सल्लाह अनुसार कोलेस्टेरोल कम गर्ने औषधि सेवन गरेर नियन्त्रण गर्नुपर्छ । यसबाट मुटुको नसासम्बन्धि रोग लाग्ने समस्या कम हुन्छ ।
– सकेसम्म १० हजार पाइला दैनिक हिड्न राम्रो मानिन्छ ।
(प्रा.डा. भट्टा ह्याम्स र नर्भिक हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्