Logo
|
Friday 17th May 2024
Logo

epaper

कञ्चनपुरमा ४ जनामा ओमिक्रोन पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कञ्चनपुरमा भारतबाट फर्किएका ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।

कञ्चनपुरको त्रिनगर हेल्थडेस्कमा संकलन गरिएका १४६ नमुना मध्ये ४ वटामा ओमिक्रोन पुष्टि भएको हो। सुदूरपश्चिम प्रदेशमा ओमिक्रोन संक्रमण पहिलो पटक पुष्टि भएको हो।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीकाअनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना पुस २५ गते काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो।

जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाकाअनुसार कञ्चनपुरका दुई जना, बझाङ र डोटिका एकरएक जनामा ओमिक्रोन पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्