Logo
|
Friday 17th May 2024
Logo

epaper

नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८०



जनस्वास्थ्य सराकोर, काठमाडौँ । नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो। विभागकाअनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ।

प्रारम्भिक विवरणअनुसार विदेशमा रहेका नेपालीको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ र नेपालमा जम्मा परिवार संख्या ५६ लाख ४३ हजार ९ सय ४५ रहेको छ । जनसंख्याको वृद्धिदर शून्य दशमलव ९३ रहेको छ

विभागका उपनिर्देशक हेमराज रेग्मीकाअनुसार २०७८ सालको जनगणनाको विस्तृत तथ्याँक ६ महिनाभित्र आउनेछ। विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरेको थियो।

प्रतिक्रिया दिनुहोस्