Logo
|
Sunday 5th May 2024
Logo

epaper

बेलायतकी महारानी एलिजावेथलाई कोरोना संक्रमण पुष्टि



बेलायतकी महारानी एलिजावेथलाई कोरोना संक्रमण पुष्टि भएको छ । बकिङहम दरबारले महारानीको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको जनाएको हो ।


महारानीलाई हल्का चिसो जस्तो लक्षण देखिए पनि आगामी साता विन्डसोरमा ‘हल्का कर्तव्यहरु’लाई निरन्तरता दिने अपेक्षा गरेको दरबारले जनाएको छ ।


‘उहाँले निरन्तर चिकित्सकीय सहयोग लिनुहुनेछ र आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्नुहुनेछ’, दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि महारानीको जेठो छोरा र राजकुमार वेल्सलाई फेब्रुअरी १० मा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको दुई दिन अघि उहाँहरुले महारानीलाई भेटनु भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्