Logo
|
Sunday 5th May 2024
Logo

epaper

चाँगुनारायणमा कोरोनाविरुद्धको पूर्ण खोप अभियान



जनस्वास्थ्य सरोकार, भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना विरुद्धको पूर्ण खोप अभियान सुरु गरेको छ ।


नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ९ सम्म १२ वर्षभन्दा माथि उमेरका सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको पहिलो र दोस्रो खोप पूर्ण मात्रा दिएर कोरोनाविरुद्धको पूर्णखोपयुक्त पालिका घोषणा गर्न अभियान सुरु गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

नगरपालिकालाई कोरोनाविरुद्धको पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने उद्देश्यले नगरपालिकाले घरधुरी सर्वेक्षणसमेत सुरु गरेको छ ।


‘चाँगुनारायण नगरपालिकालाई कोरोनाविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ सबै वडामा खोप अभियान चलाएको छ, अहिलेसम्मको तथ्याङ्कानुसार उक्त पालिकामा १ सय ४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्राको पूर्ण खोप पाइसकेका छन्’, नगरप्रमुख मिश्रले भन्नुभयो, ‘खोप लगाउन अझै कोही छुटेको हुनुहुन्छ भने उहाँहरुलाई पनि खोप लगाएर यहीँ फागुन २७ गते नगरपालिकाको स्थापना दिवसका दिनमा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्नेछौं ।’

नगरपालिकाले अस्थायीरूपमा बसेका इँटाभट्टाका कामदार, १२ वर्षमाथिका बालबालिका एवं कामदारलाई समेत भट्टामै गएर खोप लगाउने व्यवस्था गरिएको जानकारी दिँदै कोहि पनि नागरिक खोपबाट बञ्चित हुन नपरोस् भनेर अभियान सञ्चालन गरिएको बताउनु भयो ।

नगरपालिकाले आगामी फागुन २७ गते नगरपालिकाको स्थापना दिवसमा एकैपटक कोरोनाविरुद्धको पूर्ण खोपयुक्त र बालमैत्री स्थानीय शासन लागू गर्दै बालमैत्री नगरपालिका घोषणा गर्ने नगरप्रमुख मिश्रले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्