Logo
|
Saturday 27th April 2024
Logo

epaper

चैतबाट पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कारोना विरुद्धको खोप दिन्छौ : स्वास्थ्य मन्त्री



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अगामी चैत महिनाबाट पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कारोना भाइरसविरुद्ध खोप लगाइने बताउनु भएको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषय अन्तरक्रियामा उहाँले खोप खरिदको कार्य अघि बढेको जानकारी दिनुभयो ।

यसअघि सरकारले १८ वर्षभन्दा माथि उमेर समूहलाई चैत मसान्तभित्र खोप लगाउने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्