क्रिटिकल केयरमा नर्सिङ केयर
जनस्वास्थ्य सरोकार । नर्सिङ पेशालाई सैद्धान्तिक ज्ञानको आधारमा व्यवहारिकतामा ढाल्न सक्नुपर्छ । सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा ढाल्न सकेको अवस्थामा मात्र नर्सिङ पेशा ‘प्रोफेसन’ हुन्छ । क्रिटिकल केयर युनिटमा बिरामी हेरचाहमा नर्सिङ टिमको महत्वपूर्ण भूमिका हुन्छ ।
आइसियूमा स्पेसल र क्लालिटी नर्सिङ केयर हुनुपर्छ । डब्लुएचओको प्रोटोकल अनुसार लेवल थ्री आइसियूमा एक जना बिरामीका लागि एक जना नर्सको व्यवस्था गर्नुपर्छ । कहिलेकाहीँ एकदमै क्रिटिकल भएर भेन्टिलेटरमा राखेको बिरामीलाई हेर्न दुइजना नर्स खटाउनुपर्ने हुनसक्छ । त्यसैले आवश्यकता अनुसार नर्सिङ पेसेन्ट अनुपात मिलाउन जरुरी हुन्छ । साथै आइसियूको क्वालिटी अफ सर्भिसका लागि सिपयुक्त तालिमको आवश्यकता पर्छ ।
नर्सले राम्रोसँग काम गरेनगरेको, बिरामीले प्रभावकारी सेवा पाएनपाएको, इन्फेक्सन कन्ट्रोल मेन्टेन भएनभएको, आइसियूको गाइडलाइन अनुसार बिरामीले सेवा पाएनपाएको ध्यान राख्न सिफ्ट सिनियर नर्सको आवश्यकता पर्छ । आइसियूमा बेड साइड नर्सिङ बाहेक सुपर भिजनका लागि सिफ्ट सिनियर नर्स, क्वालिटी कन्ट्रोल नर्स, इन्फेक्सन कन्ट्रोल नर्स पनि आवश्यक पर्छ । यसबाट बिरामीले राम्रो उपचार सेवा प्राप्त गर्न सक्छन् ।
एकजना नर्सले १२ घण्टा ड्युटी गर्नु ठूलो कुरा हो । हामीले त्यहि अनुसार उसलाई खाजा खानादेखि आराम गर्ने समय पनि दिनुपर्छ । अन्तराष्ट्रिय ड्युटी समय ८ घण्टा भएपनि अहिले विस्तारै १२ घण्टाको ड्युटीलाइ पनि मान्यता दिन थालिएको छ । ती नर्सले हप्तामा चार दिनमात्र काम गर्छन् । एउटै नर्सले बिहानदेखि बेलुकासम्म रेखदेख गर्दा बिरामीले राम्रो सेवा पाउँछ । ६ घण्टाको अन्तरालमा बिरामी ह्याण्डओभर र टेकओभर गर्दा कतिपय अवस्थामा औषधिहरु छुट्न सक्छन् । त्यसैले यो पनि एउटा आईसियू मृत्युदरलाई न्युनिकरण गर्ने आधार हो ।
अनुगमनको अभाव
कतिपय ठाउँमा गुणस्तरीय नर्सिङ केयर हुन नसक्दा बाँच्न सक्ने बिरामीहरु पनि मरिरहेका छन् ।
आइसियूले कस्तो सेवा दिएको छ ? नर्सहरु सिपयुक्त भएनभएको अनुगमन हुन सकेको छैन । त्यसैले सरकारी निकायबाट नियमित अनुगमन हुन जरुरी छ ।