Logo
|
Friday 19th April 2024
Logo

epaper

वाग्मति प्रदेशद्धारा मेडिकल म्युजिएमलाई ५० लाख बजेट बिनियोजन



जनस्वास्थ्य सरोकार, काठमाडौं । वाग्मति प्रदेशले एनएमए मेडिकल म्युजियम बनाउन ५० लाख रुपियाँ बजेट बिनियोजन गरेको छ । नेपाल चिकित्सक संघले सो म्युजिएम स्थापना गर्न लागेको हो ।

प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले चिकित्सा संग्रहालय (मेडिकल म्युजियम) सो रकम बिजियोजन गर्नुभएको हो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले म्युजियम स्थापनाका लागि बजेट छुट्याउन प्रस्ताव गर्नुभएको थियो
संघको केन्द्रीय कार्यालयमा प्रदर्शनी मार्गमा एनएमए मेडिकल म्युजिएम स्थापना गर्ने तयारी भइरहेको छ ।

अस्पताल, संघ संस्था, व्यक्तिगत घरमा उपलब्ध भएका ऐतिहासिक सामग्रीहरु, प्रमाण पत्र, पुस्तक र मेडिकलसँग सम्बन्धित उपकरणहरु लगायतका सामग्रीहरु उपलब्ध गराउन संघले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्