Logo
|
Friday 19th April 2024
Logo

epaper

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित भएको छ ।


सरकारबाट स्वास्थ्य बीमा सेवा दिएबापत भुक्तानी नपाएपछि स्वास्थ्य बिमा कार्यक्रम नै स्थगित गरिएको अस्पताल प्रशासनले जनाएको छ ।


डेढ वर्षदेखि स्वास्थ्य सेवा दिएवापतको करिब ८ करोड बढी रकम भुक्तानी दिन बाँकी रहेकाले हालका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरिएको अस्पतालका सूचना अधिकारी राम विक्रिम अधिकारीले जानकारी दिनुभयो ।


उहाँका अनुसार असार १५ देखि अर्को सुचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ ।


‘हामीले पटक–पटक बीमा बोर्डमा गएर भुक्तानी अनुरोध गर्दापनि सरकारबाट पैसा नआएपछि बाद्य भएर कार्यक्रम स्थगित गरेका हौँ ।’–अधिकारीले भन्नुभयो ।

सरकारले रकम भुक्तानी गर्न नसक्दा औषधि किन्न समेत समस्या भएको उहाँको भनाई छ । हाल शिक्षण अस्पतालमा दैनिक स्वास्थ्य बीमा कार्यक्रम मार्फत चार सयभन्दा बढी बिरामीले सेवा लिँदै आएका छन ।

अस्पतालले २०७७ मंसिर महिना देखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्