Logo
|
Thursday 25th April 2024
Logo

epaper

गर्मीमा सनस्क्रिनको राज : कति एसपिएफको प्रयोग गर्ने ?




जनस्वास्थ्य सरोकार, काठमाडौं । लामो समयदेखि नेपाली बजारमा ‘ट्रु डर्मा’ले ३० र ५० एसपिएफ भएको सनस्क्रिन बजारमा ल्याइरहेको छ । यो क्रिम र जेल दुवैमा उपलब्ध छ । सुख्खा छाला लगायत सबै प्रकारको छालाको बनोट भएका व्यक्तिले क्रिम र तेलीय छालाको लागि जेल राम्रो मानिन्छ ।

यो विज्ञानमा आधारित क्रिम भएकाले यसलाई धेरैले रूचाएका छन् । त्यसैले यो सनस्क्रिन लगाएर तपाईं दिनभर घाममा घुम्न सक्नुहुन्छ । यो सनस्क्रिनले सूर्यको परावैगनी किरणबाट जोगाउँछ भने तपाईंको छालालाई लामो समयसम्म ओसिलो (मोइस्चराइज) अवस्थामा राख्छ । साथै यसले तपाईंको छालाको कोलाजेनलाई जोगाउने र एलर्जीको जोखिम कम गर्छ । एकपटक लगाउन शुरु गरेपछि छोडन् सकिदैन । नेपाललगायत भारतमा राम्रो माग रहेको छ । अहिले ग्लो फेसवास र सनस्क्रिन निकै पपुलर छ ।


बिहानको सूर्यको किरण स्वास्थ्यका लागि उपयोगी मानिन्छ । बिहान ७ बजेदेखि ९ बजेसम्मको सूर्यको किरणले शरीरमा भिटामिन ‘डी’ उत्पादन गर्न मद्दत गर्छ । बिहान १० बजेपछि सूर्यको किरण स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यो बेलादेखि सूर्यले अल्ट्राभायलेट रे (परावैंगनी विकिरण) निकाल्न थाल्छ । यसले मेलोनोमा र नन मेलानोमाजस्ता छालाको क्यान्सर, कम उमेरमा नै बुढ्यौली, मोतिविन्दुलगायत आँखासम्बन्धी समस्या र छालाको प्रतिरक्षा प्रणाली कमजोरलगायतका विभिन्न जोखिम बढाउँछ । पराबैंगनी विकिरणको अत्यधिक एक्सपोजरका कारण संयुक्त राज्य अमेरिकामा छालाको क्यान्सर सामान्य भइसकेको छ ।


परावैंगनी विकिरणको सबैभन्दा ठूलो स्रोत सूर्य हो । परावैंगनी विकिरण सूर्यको किरणहरूमार्फत् पृथ्वीमा यात्रा गर्दछ ।
त्यसैले अत्यधिक घाममा हिड्ने, काम गर्ने वा रहनुपर्नेे (एक्सपोजर) हुने व्यक्तिले आवश्यकता अनुसार, ३०, ५० र १०० एसपिएफ (सन प्रोटेक्शन फ्याक्टर) सनस्क्रिन लगाउनु राम्रो हुन्छ । गर्मीमा टेनिङ (घामको जलन) बाट बच्न सनस्क्रिन प्रयोग गर्नुपर्छ । तर सही एसपीएफ छनौट गर्न जरूरी हुन्छ ।


तपाईं बिना सुरक्षा घाममा निस्कनुभएमा छाला डढेर कालो हुने सम्भावना रहन्छ । त्यसैले एसपीएफले तपाईंको छालालाई सूर्यको किरणबाट जोगाउन मद्दत गर्छ । सामान्यतया सनस्क्रिनले हाम्रो छालालाई अधिकतम ४ देखि ५ घण्टासम्म सुरक्षा दिन्छ । त्योभन्दा बढीको लागि हामीले यसलाई पुनः प्रयोग गर्नुपर्छ । कडा घामबाट जोगाउन कम्तीमा ३० वा ५० एसपीएफ भएको सनस्क्रिनले मात्र काम गर्छ ।


सनस्क्रिन प्रयोगमा लापरवाही गर्नु पनि राम्रो हुँदैन । शरीरको जुनसुकै भागको बाहिरी सतहमा यसलाई हल्का लगाउँदा छालाको राम्रो सुरक्षा हुने र छालाजन्य रोगलाई कम गर्न प्रभावकारी हुनेगर्छ । एसपीएफ १५ भएको सनस्क्रिनले छालालाई ९३ प्रतिशतसम्म यूभी किरणबाट जोगाउँछ । त्यस्तै ३० एसपिएफ सनस्क्रिनले ९७ प्रतिशत, ५० एसपीएफ भएको सनस्क्रिनले ९८ र १०० एसपीएफ भएको सनस्क्रिनले ९९ प्रतिशतसम्म छालालाई सूर्यको पराबैंगनी किरणबाट जोगाउँछ । त्यसैले तपाईंको उपयोगिता अनुसार सनस्क्रिन छनोट गर्नुहोस् । ३० एसपिएफ भएको सनस्क्रिन सबै उमेर र छालाका प्रकारका लागि पनि उपयुक्त मानिन्छ ।

दिनमा एकपटक मात्रै सनस्क्रिन लगाउनु पर्याप्त हुन्छ भनी कतिपयलाई लाग्छ । तर, पटक्कै त्यस्तो होइन । धेरै कडा घाममा सनस्क्रिन छोटो समयमा प्रभावहीन हुन थाल्छ । तसर्थ, यदि तपाईं लामो समयसम्म घर बाहिर हुनुहुन्छ भने, निश्चित रूपमा प्रत्येक २—३ घण्टामा सनस्क्रिन लगाउनुहोस् ।
ट्रु डर्मा भिटा ‘सी’ सीरम

भिटामिन सि सिरम अनुहारमा ह्वाइटिनिङ र योङ्गर्स स्किनका लागि लगाउने सिरम हो । यसले पिग्मेन्टेसनका कारण कालो र फुस्रो भएको अनुहारलाई चमक दिन्छ । साथै मेकअप केमिकलको हानिकारक प्रभावबाट छालालाई बचाउँछ । यसमा सन प्रोटेक्सन फ्याकटर (एसफिएफ) २० हुने भएकाले हानिकारक परावैगनी किरणबाट छालालाई बचाउँछ । यसमा भिटामिन सि पाउडर २० प्रतिशत, हाइलुरोनिक एसिड पाउडर ३ प्रतिशत हुन्छ ।


हाइलुरोनिक एसिडले चाहुरिपन हटाउन मद्धत गर्ने छालाभित्र रहेको बोसोलाई सिन्थेसाइज गर्न मद्धत गर्छ । प्रयोगकर्ताहरुको रिस्पोन्स राम्रो पाइएको छ । भिटामिन सी को कुनै साइड इफेक्ट हुँदैन ।

कपाल झर्ने उपचारका लागि ‘ट्रु गेन’
ट्रु डर्मा एसएले नेपाली बजारमा ल्याएको ट्रु डर्माको ‘ट्रु गेन’ कपाल झर्ने उपचारका लागि उपयुक्त मानिन्छ । यसको प्रयोगले पुरुष र महिलाहरुमा कपाल झर्ने समस्या कम गर्न मद्धत गर्छ ।

ट्रु गेनको प्रयोग कपाल बढाउन प्रयोग हुने भएकाले थप कपाल झर्नबाट जोगाउँछ । यसमा मिनोक्साइडिल र फिनास्टेरोइड सोलुसन प्रयोग गरिएको हुन्छ जुन एफडिएले पनि मान्यता दिएको छ । ट्रु गेन प्रयोग गरेको तीन महिनाबाट राम्रोसँग रिजल्ट देख्न पाइन्छ । यसमा प्रयोगकर्ताको फिडव्याक राम्रो छ । यो लिपिड हेयर रिग्रोथ फर्मुलासँग समृद्ध छ ।

प्रतिक्रिया दिनुहोस्