Logo
|
Thursday 28th March 2024
Logo

epaper

अत्याधुनिक स्किन अस्पतालको सफलताको कथा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बाहिरबाट हेर्दा निकै आकर्षक भवन देखिन्छ । प्रवेशद्धारबाट भित्र छिरेपछि अस्पताल परिसरमा ठूलो रुद्रसिद्धेश्वर महादेवको मन्दिर छ । रुद्धसिद्धि नामाकरण गरिएको ५ तले मुख्य भवनभित्र छिरेपछि अत्याधुनिक उपकरण, पूर्ण वातानुकूलित (एअर कन्डिसन्ड) को सुविधा छ ।

भित्ताहरुमा मानसम्मान र कलाकौशलसम्बन्धि तस्विरहरु झुन्ड्याइएका छन् । बिरामीहरु डाक्टरसँग जँचाउन लामवद्ध भएर कुर्सीमा बसेका हुन्छन् । विरामीहरु वस्ने कुर्सीहरु विशेष खालका सोफाहरु छन्, जुन नेपालका अस्पतालहरुमा पहिलो पटक प्रयोगमा आएको पाईयो ।


यहाँ दैनिक ३ सयको हाराहारीमा छाला तथा सौन्दर्यसम्बन्धी उपचारका लागि बिरामीहरुको भिड हुन्छ । पूर्णकालीन र आंशिक समय गरी हाल १२ जना डर्माटोलोजिष्ट डाक्टरहरु सेवारत छन् । अस्पतालमा एन्डोक्राइनोलोजिष्ट र प्लास्टिक सर्जनहरुको व्यवस्था छ । मुख्य भवनको दोश्रो तल्लामा सुविधासम्पन्न अत्याधुनिक उपकरणहरुले सुसज्जित कस्मेटिक तथा सौन्दर्य सेवा तथा उपचार केन्द्र र तेश्रो तल्लामा अत्याधुनिक अपरेसन थियटर संचालनमा रहेको छ ।

यसै भवनमा डर्माटोप्याथोलोजी सहित सुविधासम्पन्न प्याथोलोजी सेवा समेत उपलब्ध छ । मुख्य भवनको दायाँतर्फ ४ तले एनेक्स भवन रहेको छ । यस भवनमा सुविधासम्पन्न औषधि पसल सञ्चालनमा रहेको छ । यस भवनमा तिलगंंगा आँखा अस्पतालमा कार्यरत अनुभवी र दक्ष चिकित्सकहरुले नेत्रसेवा सञ्चालनको तयारी लगभग पुरा भएको देखिन्छ । भवन परिसरमा पर्याप्त पार्किङको सुविधा छ । करिब १०० वटा कार र थप मोटरसाइकलहरु पार्किङ गर्न सकिन्छ ।


डीआइ स्किन हस्पिटल एण्ड रिफरल सेन्टर आफ्नै भवन बनाएर केही समय अघि मात्र काठमाडौंको बाँसबारीमा सरेको हो । यो हस्पिटल करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको छ । साँडे तीन रोपनी जग्गा अस्पतालको आफ्नै हो भने अरु भाडामा लिइएको छ । जग्गासहित करिब ५० करोड रुपियाँ लागत परेको अस्पतालको भनाइ छ । छालासम्बन्धिका बिरामीहरु धेरै भर्ना हुन नपर्ने भएकाले अहिले ११ वेडको व्यवस्था छ । अन्य पूर्वाधारहरु भने पर्याप्त छन् ।

निकट भविश्यमा शुरु हुने डर्माटोलोजीको स्नातकोत्तर अध्ययन अध्यापनकालागि आवश्यक जनशक्ति र पुर्वाधारहरु तयार गरिसकिएको अस्पतालको भनाइ रहेको छ । चर्मरोग उपचार र अध्ययन, अध्यापनकालागि यो अस्पताल एउटा उत्कृष्ट नमुना केन्द्र वनेको र भविश्यमा यसले यस क्षेत्रमा आफ्नो वेग्लै पहिचान सावित गर्ने निश्चित छ । यो हस्पिटललाई रिफरल सेन्टरको रुपमा विकास गरिएको छ ।


प्रा.डा. अनिल कुमार झा स्वयं संस्थापक अध्यक्ष रहेको चेष्ट नेपाल, गैह्र नाफामुलक, गैह्रसरकारी संस्था र दि स्किन हस्पिटलको सहकार्यमा नुवाकोटको गेर्खुटार, जनकपुरको बवनगामा र पर्वतको मुदिकुवामा निशुल्क टेलिमेडिसिन सेवा तथा अन्य परामर्श सम्वन्धि सेवा उपलब्ध गराईएको र यसै गतिविधिका कारण फ्रान्सको FONDATION PIERRE FABRE संस्थाले यस संस्थालाई सन २०१७मा पुरस्कृत गरेको कुरा उल्लेखनीय छ ।


चित्रकला, साहित्यको कविता विधा र संगितमा समेत रुची राख्ने वहुआयामिक ब्यक्तित्वका धनि प्रा. डा. अनिल कुमार झालाई गहिरिएर हेर्दा अत्यन्तै शालिन र सरल ब्यक्ति हुनुहुन्छ । सादा जिवन उच्च विचार भन्ने भनाई उहाँमा चरितार्थ भएको वुझ्न सकिन्छ । उहाँ धुम्रपान, मदिरा रहित, शाकाहारी ब्यक्ति हुनुहुन्छ । उहाँको नियमित अध्ययनको विषय पेशागत विषयवस्तु वाहेक श्रीमद्भागवत हो । उहाँ भगवान प्रति असिम विश्वास गर्नुहुन्छ ।

हस्पिटलका अध्यक्ष के भन्छन् ?

प्रा.डा. अनिल कुमार झा, संस्थापक अध्यक्ष एवं वरिष्ठ कन्सल्यान्ट डर्माटोलोजिष्ट


असल नेतृत्व
स्थापनाकालमा चर्मरोग सम्वन्धि छुट्टै उपचार केन्द्र पनि चल्छ र ? भन्ने ठुलो जमात नभएको होईन । तर सफलता प्राप्तिका लागि व्यक्तिमा भिजन हुनुपर्छ र सहि दिशामा निरन्तर प्रयास गर्नुपर्छ, कर्म गर्नुपर्छ, फल अवश्यम्भावी हुन्छ, भागवत् गीताको मुख्य सन्देश यहि त हो । शालिनता, इमान्दारिता, प्यासन र मेहनतले मानिसलाई सफलताको शिखरमा पु¥याउँछ ।

मुलुकमा चर्मरोग सम्बन्धि स्तरीय उपचार सेवा उपलब्ध नहुँदा धेरै बिरामीहरु छिमेकी मुलुकमा गएर उपचार गराउन बाध्यात्मक परिस्थिति थियो । उनीहरुले अनेक किसिमका कष्ट सहनुपर्ने, अनावश्यक पैसा खर्च हुने अवस्थामा देशमा चर्मरोग सम्वन्धि विशिष्ठ संस्था खोलिनुपर्छ भनेर हामीले यसको उपचार गर्ने एउटा उत्कृष्ठ ठाउँ एवं सेवामुलक संस्थाको स्थापना गरेका छौं । यसले भावी पिढी र बिरामीहरुले मनग्य फाइदा लिन सक्ने वातावरण सृजना भएको छ ।

यो संरचनाको निर्माण मैले एक्लैले गरेको होइन । मेरो पछाडि मलाई सघाउने सम्पूर्ण चिकित्सक, कर्मचारी, वोर्डका सदस्य र सम्पूर्ण शेयरधनीहरुको ठूलो हात छ । यस संस्थाको सफलताले नेपालमा नेपालीहरु मिलेर प्रयास गरेमा जुनसुकै कार्यमा सफलता प्राप्त हुन्छ भन्ने सन्देश समाजमा प्रवाह भएको छ । त्यही नै हाम्रो सफलता हो । आउने पुस्ताले यसै अवधारणालाई अगाडि वढाउने विश्वास छ ।

उपचारसँगै एकेडेमिक कार्यक्रम
विश्वविद्यालयसँग सम्वन्धन नभए पनि हामीले कुनै न कुनै एकेडेमिक कार्यक्रम सञ्चालन गरिरहेका छौं । बाहिरी देशबाट भर्खरै एमडी सकेर आएका डाक्टर यस अस्पतालमा एक महिनादेखि तीन महिनाको ओरेन्टेसन कार्यक्रममा सहभागी सहभागी हुने गरेका छन् । सन् २०१५ देखि वार्षिक रुपमा न्युज लेटर प्रकाशित हुँदै आएको छ जुन एकेडेमिक क्रियाकलापको एउटा पाटो हो । पोष्ट ग्राजुएट र डिप्लोमा कोर्ष कार्यक्रम सञ्चालनका लागि गृहकार्यमा छौं ।

१२ वर्षपछि शुल्क बढ्यो
करिब १२ वर्ष सम्म ओपीडी टिकटको मुल्य परिवर्तन गरेनौँ । पछिल्लो समय बजार मुल्य निकै बढ्यो । नयाँ भवनमा सरिसकेपछि चलन चल्तिको ओपिडी शुल्क कायम ग¥यौं ।

प्राय बिरामीहरु १ महिना कुरेरै भएपनि मलाइ नै देखाउन खोज्नुहुन्छ । तर अब डा.झासँग उपचारका लागि कुर्नुपर्दैन । अस्पतालमा चर्म तथा सौन्दर्यको क्षेत्रमा दशकौदेखि काम गर्दै आउनुभएका अव्वल डाक्टरहरुको व्यवस्था छ ।

सामाजिक उत्तरदायित्व
डीआइ स्किन एक आइडिएल हस्पिटल हो । हालसम्म देशका सुगमदेखि दुर्गम भेगकासमेत करिब ३ लाख बढी बिरामीहरुले उपचार सेवा लिइसकेका छन् । अस्पतालमा कार्यरत डाक्टर, नर्सिङ स्टाफ र मेडिकल विद्यार्थी एवं ८० वर्ष नाघेका जेष्ठ नागरिकलाई परीक्षणवापत् शुःल्क लाग्दैन । कुनै व्यक्तिले आफूसँग आर्थिक अभाव भएको कार्ड देखाएमा निःशुल्क उपचार गर्छौं ।

प्रतिक्रिया दिनुहोस्