Logo
|
Friday 19th April 2024
Logo

epaper

डा. धर्मागत भट्टराइ प्रतिष्ठित अन्तर्राष्ट्रिय इम्युनोलोजिस्ट युवा अवार्डबाट विभूषित



जनस्वास्थ्य सरोकार, काठमाडौं । डा. धर्मागत भट्टराई प्रतिष्ठित अन्तर्राष्ट्रिय इम्युनोलोजिष्ट अवार्डबाट विभूषितका लागि छनौट हुनुभएको छ ।

डा. धर्मागत भट्टराई प्रतिष्ठित

नेपालका प्रथम एवं हालसम्म एकमात्र इम्युनोलोजिस्ट (रोग प्रतिरक्षा विशेषज्ञ) डा. भट्टराई हालै क्लिनिकल इम्युनोलोजी विधाको उच्चतम विश्वव्यापी संस्था युरोपियन सोसाइटी फर इम्युनोडिफीसियन्सीजबाट युवा इम्युनोलोजिस्टलाई प्रदान गरिने सर्व–प्रतिष्ठित इसिड जुनियर ट्यालेन्ट अवार्ड २०२२ बाट पुरस्कृतका लागि छनौट हुनुभएको हो ।

इम्युनोलोजिस्टको युवा समुहमा यो सम्मानलाई विशिष्ट मानिन्छ । अधिकांशतः पश्चिमा देशका इम्युनोलोजी–विज्ञहरुको वर्चस्व रहने यो अवार्डमा यस बर्ष दुई युरोपियन युवा बिज्ञ र एक नेपाली युवा चिकित्सक (डा. भट्टराई) सम्मानित हुनुभएको छ ।

डा. भट्टराई यो सम्मान पाउने नेपालको मात्र नभएर दक्षिण एसियाकै पहिलो युवा इम्युनोलोजिस्ट हुनुहुन्छ ।


यो सम्मान पाउने तिनै जनालाई इसिडको पूर्ण निमन्त्रणा एवं ब्यवस्थापनमा अक्टोबर १२ मा स्विडेनको गोतनवर्गमा हुने इसिडको अन्तर्राष्ट्रिय मूल वैज्ञानिक–सभाको ‘सम्मान–सत्र’ मा विभूषित गरिनेछ ।

बालबालिकामा इम्युन कमी र बाथजन्य रोगः चिन्न नसक्दाको पीडा

सचेतना र भौतिक संरचनाको अभावबीच डा. भट्टराईले स्वदेश आगमन पश्चात् ७ सय भन्दा बढी बालबालिका तथा किशोरका जटिल इम्युन रोग र र्युमाटोलोजिकल (बाथजन्य) रोगको निदान तथा उपचार गरिसकेकेको बताउनुहुन्छ ।

उहाँले इम्युनोलोजी डाक्टरेट डिएम भारतको पिजिआइ, चण्डीगढबाट गर्नुभएको हो ।


चालिसभन्दा बढी अनुसन्धानात्मक आर्टिकल अन्तर्राष्ट्रिय सुचित मेडिकल जर्नलमा प्रकाशित गरेको बताउने डा. भट्टराई केही समयअघि मात्रै प्रतिष्पर्धात्मक एवं प्रतिष्ठित ‘इसिड अन्तर्राष्ट्रिय मिड–टर्म फेलोशिप’ पनि जित्न सफल हुनुभएको थियो । यस अन्तर्गत नै ‘इम्युनोलोजी उच्च अध्ययन एवं स्टेम सेल प्रत्यारोपण बिषयमा अमेरिकाको ‘युनिवर्सिटी अफ पेन्सिलभेनिया’ संबद्ध महाद्वीपकै उत्कृष्ट ‘चिल्ड्रेन हस्पिटल अफ फिलाडेल्फिया’मा फेलोशिप अध्ययन सम्पन्न गर्नुभएको छ । यो फेलोशिप अवार्ड पाउने उहाँ पहिलो नेपाली भएको दावी गर्नुहुन्छ ।


इसिड बिशेषतः इम्युनिटी प्रणाली, इम्युन कमीका रोग, तिनको निदान, उपचार सम्बन्धी बिशेष–विज्ञहरुको सबभन्दा बृहत एवं उच्चतम संगठन हो । संसारभरका इम्युनोलोजिस्ट समेटिने यो संस्थाबाट युवा समुहमा हरेक चोटि त्यसअघिका ४ बर्षदेखिका काम र नामको मुल्यांकन गरी यो पुरस्कार घोषणा गरिन्छ घोषणाअनुसार योग्यता, काम , नविन अन्वेषण, विधागत चिकित्सकीय तथा अनुसन्धानात्मक योगदान र उसको विश्व–उपस्थिति प्रभाव शिर्षकका मापदण्डमा गहन मुल्यांकन गरी ३ उत्कृष्ट युवा वैज्ञानिकलाई यो पुरस्कार एवं उपाधि दिईन्छ ।

इसिड आधिकारिक वेब साइट अनुसार यो सम्मानको परिकल्पना युवा विज्ञ/चिकित्सकका उल्लेखनीय उपलब्धिलाई उच्च मान्दै थप उत्कृष्ट उपलब्धि हाँसिल गर्ने उर्जा थप्न गरिएको थियो । यसमा जोसुकै युवा इम्युनोलोजिस्ट मुल्यांकनमा आएपनि योग्यता (विद्यावारिधि, फेलोशिपसहित), कीर्ति, र चिकित्सकीय/अनुसन्धानात्मक उपलब्धिलाई मुल महत्व दिइन्छ ।


विज्ञानलाई प्रोत्साहन नदिइने हाम्रो परिवेशमा नेपाली चिकित्सक डा. भट्टराईले विश्वमै प्रतिष्ठित युवा वैज्ञानिक पुरस्कार जित्नु गौरव एवं आशाको बिम्ब पनि हो ।


डा. भट्टराई नेपालका प्रथम डक्टरेट इम्युनोलोजिस्ट एवं पेडियाट्रिक र्युमाटोलोजिस्ट हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्