Logo
|
Friday 26th April 2024
Logo

epaper

व्यवसायमा सफल, व्यवस्थापनमा अब्बल -डा. अनिषा विष्ट



‘सकारात्मक सोंच राख्ने व्यक्ति जस्तोसुकै कठिन परिस्थितिमा पनि आशावादी रहन्छन् । विषम परिस्थितिमा पनि अवसर खोजिरहन्छन् ।’ गौतम बुद्धको यो प्रेरक भनाई अनिषा विष्टको जीवनसँग मेल खान्छ ।

कार्यालयमा डा. अनिषा विष्ट

अनिषा चुनौतीदेखि डराउनुहुन्न । कठिन परिस्थितिसँग जुध्दै उहाँ अवसर सिर्जना गरिरहनुहुन्छ । यसैको उपज उहाँ अस्पताल व्यवसायी बन्नुभयो र अब्बल अस्पताल व्यवस्थापकका रुपमा सफलता प्राप्त गर्नुभयो । नेपालको पूर्वी क्षेत्रमा अस्पताल व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्याएको भन्दै अनिषाले युरोपियन इन्टरनेशनल युनिभर्सिटी, फ्रान्स प्यारिसबाट प्रोफेसनल डक्टरल सर्टिफिकेट (पीएचडी) इन हस्पिटल म्यानेजमेन्ट एण्ड इन्टरनेशनल ग्लोवल लिडरसिप अवार्ड २०२२ उपाधि प्राप्त गर्न सफल हुनुभएको छ ।

खुशी मुडमा डा. अनिषा


परिश्रम, आत्मविश्वास र लगनशिलता नै एक पौरखी र सफल मानिसमा हुनुपर्र्र्ने गुणहरु हुन् । अनिषा विष्ट एक संघर्षशील महिला हुनुहुन्छ जसले नौ वर्षको उमेरमै टुहुरी हुनुपरेको थियो । त्यो बेला अनिषा छारे रोग (इपिलेप्सी) को उपचार गराइरहनुभएको थियो । २०३८ साल कात्तिक २२ गते तत्कालीन कोशी अञ्चल अस्पतालमा भाइ जन्मिदा १३ दिनको सुत्केरी आमाको निधन भएको थियो ।

श्रीमान् वरिष्ठ न्युरोलोजिष्ट डा. विरेन्द्रबहादुर विष्ट, छोरी डा.रोशनी विष्ट, छोरा ऋतिकका साथ डा. अनिषा विष्ट


नावालक भाइ हाल इ. रञ्जित राज बस्नेतलाई हुर्काउने र घर सम्हाल्ने जिम्मेवारी अनिषाको थाप्लोमा पर्यो । यिनै परिघटनाले अनिषालाई थप आत्मविश्वासी हुन बाध्य बनायो । बि.सं.२०५० साल मंसिर २० गते १९ वर्षको उमेरमा वरिष्ट न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टसँग अनिषाको विवाह भयो । त्यसपछि उहाँले एक सफल महिला बन्ने सपना देख्न थाल्नुभयो । आफ्नो सपनालाई मुर्त रुप दिन डा. विष्टलाई न्युरोलोजी विषयमा एमडी अध्ययनका लागि युनिभर्सिटी अफ लण्डन जान सल्लाह दिनुभयो ।

प्रोफेसनल डक्टरल सर्टिफिकेट (पीएचडी) इन हस्पिटल म्यानेजमेन्ट एण्ड इन्टरनेशनल ग्लोवल लिडरसिप अवार्ड २०२२ उपाधि प्राप्त


डा. विष्ट अध्ययन सकेर फर्किएपछि २०५७ सालमा बिराटगरमा न्यूरो डाइग्नोष्टीक सेन्टर शुरु गर्न सफल हुनुभयो । त्यही संस्था आज १५० वेडको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि. को नामले प्रसिद्ध छ । जुन संस्थाको अनिषा कार्यकारी निर्देशक हुनुहुन्छ । अनिषाका दुई सन्तानमध्ये छोरी रोशनी एमबीबीएस सकेर केही समय राजधानीको एउटा अस्पतालमा केही वर्ष काम गरेर थप उच्चशिक्षा अध्ययनका लागि संयुक्त राज्य अमेरिकामा छिन् भने छोरा ऋतिक एमबीबीएस अध्ययनरत छन् ।


संगठन र जनशक्ति
‘२० वर्षको अवधिमा १५० शय्याको मल्टिस्पेशियालिटी हस्पिटल सञ्चालनमा ल्याउन सफल भएका छौं । यो बीचमा विभिन्न उतारचढावहरुको सामना गर्नुप¥यो । शुरुमा १५ शय्याबाट अस्पताल शुरु गरेका थियौं ।’—अनिषा भन्नुहुन्छ—‘निजी क्षेत्रबाट पहिलोपटक न्यूरो सर्जरी, १६ स्लाइस सिटी एन्जियोग्राफी, एमआरआई, क्याथ ल्याव, टिकेआर र टिएचआरजस्ता डायग्नोष्टिकसम्बन्धि सेवाहरु उपलब्ध छन् । हस्पिटलले न्युरोलोजी, न्युरोसर्जरी, कार्डियोलोजी, अर्थोपेडिक, जनरल सर्जरी, इन्टर्नल मेडिसिन, जनरल सर्जरी, इन्टर्नल मेडिसिन, साइक्याट्रिक, स्त्री तथा प्रशुति सेवा, बालबालिका उपचार सेवा उपलब्ध गराउन सफल भएको छ ।’हस्पिटलमा अत्याधुनिक डायग्नोष्टिक उपकरणहरु समयसापेक्ष थप्दै गएको र बिरामीको उपचारका लागि सम्बन्धित विधाका दक्ष चिकित्सकहरुलाई पूर्णकालीन समय राख्न सफल भएको अनिषाले जानकारी गराउनुभयो । ‘कुनै पनि व्यवसायलाई सफलतापूर्वक सञ्चालन गर्न उचित सांगठानिक ढाँचा र दक्ष जनशक्ति जरुरत पर्छ ।’—अनिषा थप्नुहुन्छ—‘मानव संसाधनको छनौटले मात्र व्यवसायिक सफलता सम्भव हुन्छ । तसर्थ टिम निर्माण एउटा सफल पक्ष हो ।’

प्रोफेसनल डक्टरल सर्टिफिकेट (पीएचडी) इन हस्पिटल म्यानेजमेन्ट एण्ड इन्टरनेशनल ग्लोवल लिडरसिप अवार्ड २०२२ उपाधि प्राप्तपछि सामुहिक तस्विर


आमाको स्मृतिमा हस्पिटल
बुवा हेमराज र आमा तुलसा बस्नेतको कोखबाट बि.सं.२०२९ पुस २० गते अनिषाको जन्म भएको थियो । उहाँ विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि आवद्ध हुनुहुन्छ । कृष्णगंगा फाउन्डेशनमा आवद्ध रहेर लागू औषध दुव्र्यसनीहरुको उपचार र न्यूनीकरणमा सक्रिय अनिशा न्यूरो हेल्थ कलेज र लर्डबुद्ध कलेजको निर्देशक पनि हुनुहुन्छ । अनिषाले आमाको नामबाट न्यूरोको विस्तारित शाखाको रुपमा तुलसा मदर एण्ड चाइल्ड हस्पिटल सञ्चालनमा ल्याउनुभएको छ । विराटनगरको महेन्द्रचोकमा विस्तारित यो शाखा ५० शय्याको छ । आमाले जस्तो अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको अभावमा अरु आमाहरूले ज्यान गुमाउनु नपरोस् भन्ने अनिषाको अभियान हो यो । अस्पताललाई ३०० शय्याको वेड विस्तार गरिदै छ । यसका लागि विराटनगरको महेन्द्रचोकमा अत्याधुनिक भवन निर्माण कार्य अघि बढाइसकिएको छ जहाँ अत्याधुनिक उपकरणसहित मुटुको शल्यक्रिया र मानव अंग प्रत्यारोपण सेवा समेत विस्तार हुने छ ।

प्रतिक्रिया दिनुहोस्