Logo
|
Friday 19th April 2024
Logo

epaper

विश्व मानसिक स्वास्थ्य दिवस: आठमध्ये एक जना मानसिक रोगको शिकार



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ‘मानसिक स्वास्थ्य र कल्याणलाई विश्वव्यापी प्राथमिकता बनाऔँ’ भन्ने मुल नाराका साथ यस वर्षको विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ ।

विश्व मानसिक स्वास्थ्य महासंघले पहिलो पटक सन् १९९२ मा विश्व मानसिक स्वास्थ्य दिवस मनाएको थियो । त्यसपछि विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष १० अक्टोबरमा यो दिवस मनाइन थालिएको हो।

विश्वमा करिब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पीडित छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभर हरेक आठमध्ये एक जना मानसिक रोगको शिकार छन् ।

न्युन आय भएका देशका मानिसहरु अझैपनि मानसिक स्वास्थ्यको लागि उपलब्ध सेवा, सीप र फन्डिङको अभावमा मानसिक रोगको शिकार हुनुपरेको डब्लुएचओको भनाई छ ।

मानसिक तनाव आत्महत्याको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सन् २०१९ मा विश्वभर ७ लाख ३ हजार मानिसले आत्महत्या गरेका छन् । जसमध्ये ५८ प्रतिशत मानिस ५० वर्षभन्दा माथिका थिए । डब्लुएचओका अनुसार २० वर्षदेखि ३५ वर्षका युवाहरूले सबैभन्दा बढी आत्महत्या गर्ने गरेका छन् । तिनीहरूको संख्या ६० हजार भन्दा बढी छन्। तीमध्ये अधिकांश मध्यमवर्गीय परिवारका युवाहरू छन्।

प्रतिक्रिया दिनुहोस्