Logo
|
Friday 29th March 2024
Logo

epaper

विश्व हात धुने दिवस २०२२ः ‘हातको स्वच्छताको लागि विश्वव्यापी ऐक्यबद्धता’

साबुनपानीले हात धुँदा जीवाणु एवं विषाणुद्वारा लाग्ने रोगबाट बच्न सकिने



जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व हात धुने दिवस २०२२ । हरेक वर्ष अक्टोवर १५ मा विश्व हात धुने दिवस मनाउने गरिन्छ । यस वर्ष ‘हातको स्वच्छताको लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००८ अक्टोवर १५ तारिखदेखि मनाउन सुरु गरिएको हो । विश्व हात धुने दिवसका अवसरमा नेपाल सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहार; स्वस्थ र सभ्य जीवनको आधार’ भन्ने उद्घोष सहित विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरिएको छ ।


हातको स्वच्छता स्वास्थ्यको दृष्टिले अत्यन्तै महत्वपूर्ण छ । हात सफा नभएका कारणले नै अनेक संक्रमणहरू भई विश्वभर कैयौं मानिसले जीवन गुमाउनु परेको तथ्याङ्क पाइन्छ ।

साबुनपानीले हात धुँदा श्वासप्रश्वासजन्य रोग एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणु एवं विषाणुद्वारा लाग्ने रोगबाट बच्न सकिने तथ्य अध्ययनहरूले देखाएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्ने प्रमुख उपायहरूमध्ये हातको सरसफाइ पनि एक हो ।

प्रतिक्रिया दिनुहोस्