Logo
|
Thursday 25th April 2024
Logo

epaper

शिक्षण अस्पतालमा बन्यो नयाँ अक्सिजन प्लान्ट

प्रतिसेकेन्ड दुई सय ४० लिटर अक्सिजन उत्पादन



जनस्वास्थ्य सरोकार, काठमाडौं । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना भएको छ । कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा अक्सिजन प्लान्ट स्थापना भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं नेतृत्वको टोली र बोटलर्स नेपाल लिमिटेडका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा नवनिर्मित अक्सिजन प्लान्ट हस्तान्तरण भएको हो ।

एकपटकमा ५० जनासम्म बिरामीलाई सेवा दिन सकिने यस अक्सिजन प्लान्टबाट प्रतिसेकेन्ड दुई सय ४० लिटर अक्सिजन उत्पादन गर्न सकिने फाउन्डेसनले जनाएको छ । अक्सिजन प्लान्ट हस्तान्तरणपछि क्रियसन र कोकाकोला फाउन्डेसनलाई धन्यवाद दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव गुरागाईंले कोभिड महामारीले स्वास्थ्यजन्य विपत्बाट बच्न सदैव तयारी अवस्थामा रहनुपर्ने महसुस गराएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्