Logo
|
Saturday 20th April 2024
Logo

epaper

भरतपुर अस्पतालको अध्यक्षमा राजु पौडेल नियुक्त



जनस्वास्थ्य सरोकार, चितवन । भरतपुर अस्पतालको अध्यक्षमा युवा उद्यमी राजु पौडेल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अस्पताल विकास समितिको अध्यक्षमा युवा उद्यमी पौडेललाई नियुक्त गरेको हो ।

पौडेल फ्रेन्ड्स अफ भरतपुर अस्पतालको संयोजक समेत हुनुहुन्छ । उक्त संस्थामा रहेर पौडेलले भरतपुर अस्पतालको विकासमा योगदान दिंदै आउनुभएको छ ।

तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उठ्न अध्यक्ष पदबाट राजीनामा दिनु भएको थियो । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उहाँ पराजित हुनु भएको थियो ।

चितवनको भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । ६५० शैयासहित सञ्चालित अस्पताल राजधानी काठमाडौँमा रहेको वीर अस्पतालपछि सबैभन्दा धेरै विरामीलाई सेवा दिने अस्पताल हो ।

प्रतिक्रिया दिनुहोस्