Logo
|
Thursday 28th March 2024
Logo

epaper

ल्याबोरेटोरी इन्टेलिजेन्स स्वीटः क्लिनिकल रिजल्ट अब अझ एक्युरेट

यो सफ्टवेयरले क्लिनिकल प्रयोगशालाहरूमा सम्पूर्ण सिस्टमको डाटा इन्ट्रिग्रेटेड गर्ने र सम्भावित एररलाई न्यूनिकरण गर्न मद्दत गर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । क्लिनिकल प्रयोगशालाहरूमा हुनसक्ने एरर (कमजोरी) न्यूनिकरण गर्न नेपालमा ‘ल्याबोरेटोरी इन्टेलिजेन्स स्वीट’ नामक सफ्टवेयर प्रक्षेपण गरिएको छ ।

इष्ट वेष्ट इन्टरप्राइजेज प्रा.लि.ले उक्त सफ्टवेयर प्रक्षेपण गरेको हो । इष्ट वेष्ट इन्टरप्राइजेज प्रा.लि.ले नेपालका अधिकांश अस्पताल, ल्याबोरेटोरी (प्रयोगशाला) लगायतका स्वास्थ्य संस्थाहरूमा चार दशकभन्दा बढी समयदेखि अत्याधुनिक मेडिकल उपकरणहरू आपूर्ति गर्दै आएको छ ।

यो सफ्टवेयर भारतको शुक्रा सफ्टवेयर प्रा.लि.को उत्पादन हो ।


‘ल्याबोरेटोरी इन्टेलिजेन्स स्वीट’ ल्याबोरेटोरी इन्फर्मेशन सिस्टमभित्रको उन्नत प्रविधि हो । यो सफ्टवेयरले क्लिनिकल प्रयोगशालाहरूमा सम्पूर्ण सिस्टमको डाटा इन्ट्रिग्रेटेड गरेर रिपोर्टमा तान्छ र सम्भावित एररलाई न्यूनिकरण गर्न मद्दत गर्छ । जसबाट मेसिनले दिने रिजल्टमा तलमाथि हुन पाउँदैन ।


मान्छेले काम गर्दा एरर धेरै आउनसक्ने भएकाले ‘ल्याबोरेटोरी इन्टेलिजेन्स स्वीट’ प्याथोलोजी ल्याबहरूमा निकै लाभदायक हुने शुक्रा सफ्टवेयर प्रा.लि.का मेडिकल बायोकेमिष्ट डा. सतिश रामनाथ बताउनुहुन्छ ।


यो सफ्टवेयरले संकलित नमूना मेसिनमा राखेपछि के के टेष्ट गर्ने भनेर रिड गर्ने, अटोमेटिक डाटा इन्ट्रीले छिटो र सही रिजल्ट दिने, रिजल्ट अटोमेटिकल्ली तानेर रिपोर्टमा हाल्नेलगायत आर्टिफिसियल इन्टेलिजेन्सको काम गर्छ । रिजल्ट व्यवस्थित, छिटो गर्न, एरर कम गराउन यो प्रणाली महत्वपूर्ण मानिन्छ ।


आर्टिफिसियल इन्टेलिजेन्स के हो ?

आर्टिफिसियल इन्टेलिजेन्स कम्प्युटर विज्ञानभित्रको एउटा हाँगा हो । तथ्यांक संरक्षण (रेकर्ड किपिङ) का लागि सफ्टवेयरलाई आर्टिफिसियल ब्रेनजस्तै सृजना गरिएको हुन्छ । त्यसैले सफ्टवेयर प्रयोगशाला व्यवस्थापन प्रणालीको एउटा महत्वपूर्ण पाटो मानिन्छ ।


आर्टिफिसियल इन्टेलिजेन्सको मुख्य काम मानिसको हस्तक्षेपविना मेसिनलाई सोच्न सक्ने र आफैं निर्णय लिन सक्ने, मानिसको निर्देशन बुझ्ने, अनुहार चिन्नेलगायत बनाउने हो । यसअन्तर्गत डाटालाई कम्प्युटरले बुझ्ने प्रोग्रामिङ भाषामा राखिएको हुन्छ । यी कोडहरूलाई मेसिनमा ‘अल्गोरिदम’ले पढ्छ । डाटालाई बुझेपछि मेसिनको दिमागमा मानिसको जस्तै ज्ञान भरिन्छ र चिन्न थाल्छ । ‘अल्गोरिदम’ भनेको डाटा कोड मेसिनलाई कसरी अध्ययन गराउने भन्ने एउटा नियमको सँगालो हो ।

प्रतिक्रिया दिनुहोस्