Logo
|
Saturday 4th May 2024
Logo

epaper

प्रधानमन्त्रीद्धारा गेटा मेडिकल कलेजको स्थलगत अवलोकन

जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा हुने विश्वास



जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटा मेडिकल कलेजमा स्थलगत अवलोकन गर्नुभएको छ ।

नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने विषयमा हिजो बालुवाटारमा गेटा मेडिकल कलेजका बारेमा सुदूरपश्चिम क्षेत्रका जनप्रतिनिधि, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिवलगायतसँग छलफल गर्नुभएको थियो ।

सोमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा हुने भ्रमणको दौरानमा प्रधानमन्त्री प्रचण्डले सो कलेजका भ्रमण गर्नुभएको हो ।

नेपालमा स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टीकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्