Logo
|
Thursday 25th April 2024
Logo

epaper

जथाभावी हुने अल्ट्रासाउण्ड अभ्यासले सर्वसाधारणको जीवन जोखिममा परेको भन्दै विज्ञको चिन्ता

यस्ता गतिविधि तत्काल रोकेर सर्वसाधारणको स्वास्थ्यमा ध्यान दिन आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौं । जथाभावी हुने अल्ट्रासाउण्ड अभ्यासले सर्वसाधारणको जीवन जोखिममा परेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रा.डा हेनसन खड्का-नेपाल रेडियोलोजिष्ट एसोसियसन

नेपाल रेडियोलोजिष्ट एसोसियसनको अनुगमनका क्रममा एक हप्ते वा तीन महिने प्रशिक्षण लिएका प्राविधिकहरूले अल्ट्रासाउण्ड गरेको फेला परेपछि सर्वसाधारणको जीवन जोखिममा पर्ने आंकलन गरिएको हो ।

यस्ता गतिविधि तत्काल रोकेर सर्वसाधारणको स्वास्थ्यमा ध्यान दिन एसोसिएसनका अध्यक्ष प्रा.डा हेनसन खड्काले सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ ।
अल्ट्रासाउण्ड रेडियोलोजीअन्तर्गतकै एक विधा हो । यो रेडियोलोजिष्टले मात्रै सञ्चानल गर्नुपर्छ । रेडियोलोजिष्ट बन्न कम्तीमा पनि एमबीबीएस पास गर्नुपर्छ । एमबीबीएस सकेर विभिन्न बिधा रोज्ने क्रममा रेडियोलोजी एउटा बिधा हो ।

एमबीबीएसपछि तीन वर्ष अध्ययनपछि एउटा रेडियोलोजिष्ट तयार हुन्छ । यसमा पनि नेपाल मेडिकल काउन्सिलको परीक्षा पास गर्नुपर्छ ।


मेडिकल फिल्डमा अल्ट्रासाउण्ड कसले गर्ने भन्ने विवाद पहिलादेखि कै हो तर पनि पछिल्लो समय जथाभावी व्यक्तिले यससम्बन्धी मेसिन प्रयोग गर्न थालेपछि एसोसियसनले नेपाल मेडिकल काउन्सिललगायतका विभिन्न निकायमा ज्ञापनपत्र पनि बुझाएको थियो ।

डा. खड्काका अनुसार ज्ञापनपत्र बुझाएपछि काउन्सिलले तत्काल त्यस्ता कार्य बन्द गर्न निर्देशनात्मक सूचना जारी गरेको थियो ।

उसले कस्ता व्यक्तिले अल्ट्रासाउण्ड गर्न पाउने भनेर सूचीनै सार्वजनिक गरेको थियो । तर पनि काउन्सिलको निर्देशनविपरित अल्ट्रासाउण्ड चलाइरहेको उहाँले बताउनुभयो । यस्तो गतिविधिलाई बन्द गर्न सरकारले कुनै प्रयास नै नगरेको उहाँको आरोप छ ।
काउन्सिल र सरकारको निर्देशनविपरितका गतिविधि गर्नेलाई कारवाहीको दायरमा ल्याउन पर्ने उनको भनाइ छ । यस्तै, अदक्ष व्यक्तिहरूले अल्ट्रासाउण्ड गर्दा रोग निदानमै समस्या हुने गरेको छ ।

सरकारले २०७० र ०७८ मा जारी गरेको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गरे यी सबै समस्या समाधान हुने उहाँको भनाइ छ ।


स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डमा पनि अल्ट्रासाउण्ड कुन कुन अवस्थामा कस्ता कस्ता व्यक्तिले गर्ने भेनर प्रष्टसँग व्यवस्था गरिएको छ । मापदण्डअनुसार रेडियोलोजिष्टले नै अल्ट्रासाउण्ड गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्