Logo
|
Wednesday 15th January 2025
Logo

epaper

नेपाल नर्सिङ संघद्धारा निजामती कर्मचारी अस्पतालमा स्थायी पदपुर्तिका लागि पुन: विज्ञापन गर्न माग



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नर्सिङ संघले निजामती कर्मचारी अस्पतालको विज्ञापनप्रति आपत्ति जनाएको छ।

अस्पतालको जनशक्ति मागको सुचनाले कर्मचारीहरुको मनोबल गिराएको भन्दै सो विज्ञापन खारेज गरी सबै समस्या सम्बोधन हुने गरी पुनः विज्ञापन प्रकाशित गर्न संघले माग गरको छ।

संघले एक विज्ञप्ति जारी गर्दै संघको माग बमोजिम पुनः विज्ञापन नगरिएमा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ ।

अस्पतालमा लामो समयदेखि कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन आन्दोलनरत नर्स लगायत स्वास्थ्यकर्मीहरुको मागहरु यथाशिघ्र सम्वोधन गरी आउँदा दिनहरुमा मागहरु राखि आन्दोलन गर्नुपर्ने वातावरणको अन्त्य गर्न पनि माग गरिएको छ।

 । 

No description available.

प्रतिक्रिया दिनुहोस्