सामुदायिक चिकित्साका पहिलो प्राध्यापक प्रा.डा. मथुराप्रसाद श्रेष्ठ
प्रा.डा. मथुराप्रसाद श्रेष्ठ नेपालको सामुदायिक चिकित्साका पहिलो प्राध्यापक हुनुहुन्छ । उहाँ २०४७ सालमा गठित कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्रीसमेत हुनुभएको थियो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को सामुदायिक चिकित्सा तथा परिवार स्वास्थ्य विभागको प्रमुख हुनुहुन्थ्यो प्रा.डा. श्रेष्ठ । उहाँले विभागको पहिलो प्राध्यापकका रूपमा सामुदायिक चिकित्सा विषय पढाउन शुरु गर्नुभयो ।
प्रा.डा. श्रेष्ठ समुदाय तहमा पुगेर उपचार गर्नुपर्नेमा जोड दिनुहुन्थ्यो र समुदायमुखी जनस्वास्थ्यमा पैरवी गर्नुहुन्थ्यो । बि.सं.२०२९ सालमा स्थापना भएको आईओएममा प्रा.डा. श्रेष्ठ ३८ वर्षको उमेरमा आबद्ध हुनुभएको थियो । वि.सं. १९९१ फागुन ५ गते जन्मिनुभएका प्रा.डा. श्रेष्ठको ८८ वर्षको उमेरमा बि.सं. २०७९ फागुन ८ गते निधन भयो । प्रा. डा. श्रेष्ठ दम रोग र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । उपचाररत रहँदा उहाँलाई निमोनिया र पोस्ट कोभिडका लक्षणहरुसमेत देखिएका थिए ।
लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका
लोकतान्त्रिक आन्दोलन र मानव अधिकारका क्षेत्रमा पनि प्रा.डा. श्रेष्ठको ठूलो योगदान छ । विद्यार्थीकालमा राणा शासन विरोधी आन्दोलनमा सक्रिय प्रा.डा. श्रेष्ठ २०४६ सालमा पञ्चायत विरोधी जनआन्दोलनमा निकै क्रियाशील हुनुहुन्थ्यो । प्रा.डा. श्रेष्ठले ०४७ सालमा संविधान लेखनका बेला गठीत संविधान सुझाव सुधार आयोगलाई व्यावहारिक सुझाव दिनुभएको थियो ।
‘चिकित्सा विषयमा समुदायमा आधारित पाठ्यक्रमको अवधारणा लागू गर्नमा प्रा.डा. मथुराप्रसाद श्रेष्ठको ठूलो योगदान छ । उहाँकै अग्रसरतामा आईओएममा सामुदायिक चिकित्सा (कम्युनिटी मेडिसिन) को पढाइ सुुरु भएको हो ।’
‘प्रा.डा. श्रेष्ठ सामाजिक चिकित्सा क्षेत्रको सशक्त वकालत गर्नुहुन्थ्यो ।’
‘स्वास्थ्य क्षेत्र, प्रजातन्त्र पुनःस्थापना र मानव अधिकारको पक्षमा निरन्तर आवाज उठाउने अगुवा हुनुहुन्छ प्रा.डा. मथुराप्रसाद श्रेष्ठ