Logo
|
Saturday 27th April 2024
Logo

epaper

ठाउँ र जनशक्ति बिना जथाभाबी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पताललाई सरकारले स्पष्टीकरण सोध्ने

दुई वर्षसम्म प्रयोग नभएका वा प्रयोग हुन नसकेका उपकरणहरु विभागले फिर्ता लिने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले जथाभाबी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पताललाई स्पष्टीकरण सोध्ने भएको छ ।

शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ठाउँ र जनशक्ति नभएर पनि उपकरण किनेका अस्पताललाई स्पष्टीकरण सोधिने स्पष्ट पार्नुभयो ।

उहाँले दुई वर्षसम्म पनि प्रयोग नभएका वा प्रयोग हुन नसकेका सामान स्वास्थ्य सेवा विभागले फिर्ता लिई आवश्यकताअनुसार अरू अस्पतालमा मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने पनि उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले प्रत्येक अस्पताललाई आउँदा दुई वर्षको कार्ययोजना बनाएर पेस गर्न लगाउने पनि बताउनुभयो । स्वास्थ्य सेवा विभागलाई खरिद एवम् वितरण थप व्यवस्थित गर्न निर्देशन दिनुभयो । उहाँले सबै सङ्घीय अस्पतालको उपकरण जाँच गर्ने पनि बताउनुभयो ।

भएका उपकरणले काम गर्दा गर्दै पनि अन्य खरिद गरेको गुनासो बढेको भन्दै छानबिन गरी कारबाही अघि बढाउने उहाँको भनाइ छ ।

मन्त्री बस्नेतले आन्तरिक सेवा व्यवस्थापन चुस्त बनाउने र अनलाइनबाट टिकट लिई ओपीडी सेवा १५ दिनभित्र दिइसक्ने व्यवस्था गर्न लागेको बताउनुभयो

प्रतिक्रिया दिनुहोस्