Logo
|
Friday 24th January 2025
Logo

epaper

चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै सिन्धुली अस्पताल तोडफोड



जनस्वास्थ्य सरोकार, सिन्धुली । सिन्धुली अस्पतालमा डाक्टरको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोडसहित राजमार्ग बन्द गरेका छन्।

कमलामाई नगरपालिका–५ सिलामेकी २९ वर्षीया गर्भवती गंगा गुरूङ श्रेष्ठको मंगलवार उपचारका क्रममा मृत्यु भएपछि आफन्तसहितका आक्रोसित भिडले अस्पताल तोडफोड गरेको हो।

जिल्ला अस्पतालका डाक्टरले बेहोस बनाउने गलत औषधि दिएका कारण मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन्। अस्पतालमा सयौंका संख्यामा जम्मा भएकाले तोडफोडमा उत्रिएका छन्।

अहिले अस्पताल परिसरमा अवस्था तनावग्रस्त छ। बिपि राजमार्गको शान्तिनगरचोकमा टाएर बालेर सडक अबरुद्ध गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्