Logo
|
Friday 3rd May 2024
Logo

epaper

भिट्रोस ५६०० इन्ट्रिगेटेड सिस्टम नेपालमाः एउटै मेसिनबाट २ सय भन्दा बढी पारामिटर जाँच गर्न सकिने

प्रति घण्टा ५ सय भन्दा बढी नमुना परीक्षण गर्ने क्षमता



जनस्वास्थ्य सरोकार, काठमाडौं । सेरोल्याव नेपाल ट्रेडर्सले अमेरिकन प्रविधिमा आधारित भिट्रोस ५६०० इन्ट्रिगेटेड सिस्टम (VITROS 5600 Integrated System) नेपालमा बजारीकरण शुरू गरेको छ ।

अमेरिकाको क्वाइडेल अर्थो नामक कम्पनिले उत्पादन गरेको यो क्लिनिकल डायग्नोस्टिक मेसिन हो । लामो समयदेखि क्लिनिकल प्रयोगशालाहरूमा उपकरण, रिएजेन्ट्सलगायतका आवश्यक स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराउँदै आएको सेरो ल्याव नेपालका लागि आधिकारिक बिक्रेता हो ।

अब यो सिस्टमको विकल्पमा बायोकेमेस्ट्री, हर्मोनल टेस्ट, लिक्वीड केमेस्ट्री छुट्टाछुट्टै मेसिनबाट परीक्षण गर्नुपर्दैन । यसबाट बायोकेमेस्ट्री र इम्युनोलोजीका झण्डै २ सय पारामिटर परीक्षण गर्न सकिन्छ । यसको प्रति घण्टा ५ सय भन्दा बढी नमुना परीक्षण गर्ने क्षमता रहेको छ ।


यो मेसिनले विना मानव हस्तक्षेप (ह्युनम इन्टरभेन्सन) एक्युरेट परिणाम निकाल्छ । जाँच गर्ने नमुनाको बार कोड निश्चित गरेपछि मेसिनले सबै परीक्षण एकैसाथ गर्दछ । जस्तैः कुनै बिरामीको बायोकेमेस्ट्री अन्तर्गत सुगर, युरिया, क्रियाटिनिन टेष्टसँगै थाइराईड, भिटामित डी पनि एकैपटक परीक्षण गर्न सकिन्छ । मेसिनले ३ देखि ७ मिनेटमा बायोकेमेस्ट्रीको रिजल्ट निकाल्छ । त्यस्तै इम्युनोलोजीको रिजल्ट आउन १५ मिनेट देखि १ घण्टा समय लाग्न सक्छ । तर पारामिटर अनुसार समय घटबढ हुनसक्छ । यसरी एउटै मेसिनबाट सबैखालका परीक्षण हुने भएकाले नमुनालाई एक भन्दा बढी मेसिनमा राखेर परीक्षण गर्नुपर्ने बाद्यता हटेको छ । साथै ल्याब टेक्निसियनहरूको समय बचत भएको छ भने बिरामीले समयमा रिपोर्ट प्राप्त गर्न सक्छन् ।


हालसम्म काठमाडौँ उपत्यकाभित्र बीर अस्पताल, ओम अस्पताल, ग्रान्डी इन्टरनेशनल अस्पताल, नेपाल मेडिसिटी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो मेसिन जडान भएको छ । त्यस्तै उपत्यका बाहिर काभ्रेको धुलिखेल अस्पताल, चितवनको नारायणी सामुदायिक अस्पताल र पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेसका ल्यावहरूमा राखिएको छ । यो मेसिन देशव्यापी विस्तार हुने क्रममा छ ।

विशेषता
ल्याव टेक्निसियनले मेसिन सजिलै अपरेट गर्न सक्छन् । मेसिनको मोनिटरमा सबै गाइडलाइन उल्लेख गरिएको हुन्छ । मेसिनको कुनै पार्टस्मा खराबी आएमा निर्देशनको मद्धतले सजिलै समस्या समाधान गर्न सकिन्छ । नमुना परीक्षण गर्दा इन्डिकेटरहरु तलमाथि भएमा विभिन्न संकेत (फ्ल्याग ) देखाउँछ । मेसिनमा ल्याव इन्र्फमेसन सिस्टम (एलआइएस) राखिएको छ । मेसिनले बारकोडेट नमूना टेष्ट गरेर सिधै ल्याव टेक्निसियन र डाक्टरको कम्युटरमा पठाइदिन्छ । रिपोर्ट टाइप गर्नुपर्दैन । मेसिनमा ड्राई केमेस्ट्री भएकाले नमूना परीक्षण गर्दा डिस्टिल वाटर प्रयोग गर्नुपर्दैन ।

क्वालिटी कन्ट्रोल र क्यालिब्रेसन
कम्पनिको प्रोटोकल अनुसार नियमित क्वालिटी कन्ट्रोल र क्यालिब्रेसन गराउनुपर्दछ । बायोकेमेस्ट्रिका लागि हरेक ६ महिनाको अन्तरालमा क्यालिब्रेसन र सर्भिसिङ गराउनुपर्दछ । त्यस्तै इम्युनोलोजीका लागि भने हरेक २८ देखि ३० दिनको अन्तरालमा क्यालिब्रेसन गराउनुपर्दछ ।

मेडिकल टेक्नोलोजिष्ट विवेक स्थापित भन्नुहुन्छ—

‘भारतमा अध्ययन गर्दादेखि नै मैले यो मेसिन प्रयोग गर्न थालेको झण्डै १५ वर्ष जति भइसक्यो । मेसिनले एकदमै भरपर्दो र विश्वसनीय रिजल्ट दिएको छ । आजसम्म रिजल्टमा कुनै समस्या देखिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्