Logo
|
Wednesday 1st May 2024
Logo

epaper

छाला उपचारः नैतिकता र जिम्मेवारीको प्रश्न

कडा स्टेरोइडयुक्त क्रिमको प्रयोगले चाँया र पोतो हराउने होइन दीर्घकालीन हानी मात्र



प्रा.डा. सविना भट्टराई—वरिष्ठ छाला तथा शौन्दर्य विशेषज्ञ

चाँया र पोतोको उपचार गर्ने बहानामा अत्यधिक स्टेरोइडयुक्त क्रिमहरू प्रयोग गर्न दिइएको पाइएको छ । कडा स्टेरोइडयुक्त क्रिमहरूको प्रयोगले दुई तीन हप्तामा चायाँ र पोतो हराएकोजस्तो लागेपनि यसले दीर्घकालीन रूपमा हानी पुर्याउँछ । यस्ता क्रिमहरूको प्रयोगले अनुहारमा अनावश्यक रौं पलाउने, छाला पातलिने र डण्डिफोर आउनसक्छ ।


कुरूप अनुहार


कतिपय व्युटी पार्लरहरूमा चायाँ पोतो हटाउन कडा खालका स्टेरोइडयुक्त क्रिमहरू प्रयोग गर्न सिफारिस गरेको पाइन्छ । शुरूमा स्टेरोइड धेरै रोगका लागि रामबाण जस्तो हुन्छ । तर के लाई प्रयोग गर्ने ? कति प्रयोग गर्ने ? कसरी शरीरबाट निकाल्ने (टेपर) ? भन्नेबारे छाला विशेषज्ञको जरुरत पर्छ ।

टेपर गर्ने स्टाइल नभएमा समस्या फैलिन सक्छ नेपालमा प्रभावकारी नीति नभएकाले एक देखि ७ नम्बर क्याटागोरीका जुनसुकै स्टेरोइडयुक्त क्रिम बजारमा खरीद गर्न पाइन्छ । चाया पोतो हटाउन धेरै प्रयोग हुने ३ र ४ नम्बरको स्टेरोइड हो । तर नेपालमा ७ नम्बरको स्टेरोइडय क्रिम भारतबाट ल्याएर भएपनि प्रयोग गरिएको पाइएको छ । यसले अधिकांश व्यक्तिको अनुहार कुरूप बनाइरहेको छ ।


जनचेतनाको अभाव

म आफूलाई क्लिनिकल डर्माटोलोजिष्ट भनेर चिनाउन चाहन्छु किनभने छाला रोगलाई जरैदेखि निदान र उपचार गर्ने विशेषज्ञहरूको कमी भइरहेको छ । सौन्दर्य र एस्थेटिक्स तिर धेरै डाक्टहरू आकर्षित भइरहेको वर्तमान अवस्थामा बिरामीको आवश्यकता अनुसार छाला रोग र सौन्दर्यलाई सँगसँगै उपचार दिन जरुरी देखिएको छ ।


सामाजिक उत्तरदायित्व


‘एक एक पाइला’ भन्ने सामाजिक संस्थाअन्तर्गत हप्तामा एक दिन मंगलबार दुई घण्टा निःशुल्क ओपिडी सेवा प्रदान गर्दै आएको छु । यो मेरो सामाजिक उत्तरदायित्व हो ।

छाला रोगको क्षेत्रमा राम्रो काम गरेको कदरस्वरूप इन्टरनेशनल लिग अफ डर्माटोलोजी सोसाइटीले इन्टरनेशनल अवार्ड फर सोसियल रिस्पोन्सिविलिटी इन डर्माटोलोजी र सर्टिफिकेसन अफ एप्रिसिएसन ह्युमेनिटेरियन डर्माटोलोजीले सम्मान गरेको छ ।


छाला र सौन्दर्य क्षेत्रमा के कस्ता विसंगती देख्नुभएको छ ?


नेपालभर २ सय ५८ जनाको हाराहारीमा छाला तथा सौन्दर्य रोग विशेषज्ञ रहेका छन् । आधाजति काठमाडौंमा केन्द्रित छन् । सम्बन्धित विधामा विज्ञता हाँसिल नगरेका व्यक्तिहरूले सुई लगाएर गरिने (इन्जेक्टेवल) उपचारमा समस्या भएर पनि उजुरी आउने गर्छन् । इन्जेक्टेवल उपचार डाक्टरले मात्र गरिने उपचार हो । इन्जेक्सन लिने र इनर्जीमा आधारित डिभाइस (लेजर) जुन प्लक लगाएर इनर्जी डेभलप गरेर गरिने उपचार) तालिम प्राप्त चिकित्सकले मात्र गर्नुपर्छ ।

एमबीबीएस कोर्षमा यो सबै पर्दैन । विशेष तालिम लिएर मात्र एस्थेटिक्स डर्माटोलोजी अभ्यास गर्नुपर्छ । एउटा डर्माटोलोजिष्ट बन्न एमबीबीएसदेखिको यात्रा हेर्दा करिब १० वर्ष लाग्छ । तर १५ दिनमा छालाको सबै कुरा जानेर उपचार गरेको पनि देखियो । यसका लागि नीति नियमहरू सक्रिय हुनुपर्छ ।


वोटक्स र फिलर्सको प्रयोगबारे के भन्नुहुन्छ ?

औषधि व्यवस्था विभागमा रजिष्टर भएका वोटक्सहरूको मात्र प्रयोग गर्नुपर्छ । आफूले लगाएको बोटक्स सक्कली भएनभएको सेवाग्राहीले हेक्का राख्नुपर्छ ।

यसमा दक्ष जनशक्तिको भूमिका कस्तो हुन्छ ?

वोटक्स मांशपेशीलाई रिल्याक्स गर्ने टक्सिन भएकाले प्रयोग गर्न नजान्दा आँखा सुन्निने, बन्द हुनेलगायतका धेरै साइड इफेक्टहरू हुनसक्छन् । फिलर्स हेर्दा सजिलो लाग्नसक्छ । तर त्यसमा धेरै कम्लिेकेसन आउनसक्छ ।

आर्टरीमा फिलर्स भएमा त्यो भाग नै सुक्न सक्छ । फिलर्सको कम्प्लिकेसन बोटक्सको भन्दा पनि बढी हुन्छ । यसप्रति राज्य संयन्त्र सचेत र चनाखो हुन जरूरी देखिन्छ ।


यो क्षेत्रमा कस्ता चुनौति देख्नुभएको छ ?

सबैले पढ्ने पढाउने गर्दैनन् । पढ्ने पढाउने अभियानमा मैले २३ वर्ष बिताएँ । मेडिकल कलेजहरूमा पहिलाको जस्तो शिक्षकहरूको कोटा छैन । सबैलाई पढाउन मनलाग्छ भन्ने पनि हुँदैन । सैद्धान्तिक अध्ययन पश्चात् अभ्यासमा आउँदा डाक्टरहरूमा सुहाउँदो पोष्टको कमी देखिएको छ । क्लिनिकल डर्माटोलाजी अध्ययन गरेका विशेषज्ञहरूको अस्पतालहरूमा पोष्ट सृजना गर्न सकेको छैन ।

छाला विशेषज्ञहरू सौन्दर्यता विधातर्फ आकर्षिक हुनुको कारण के हो ?

अध्ययन अध्यापन गराउनेहरूका लागि अवसर एकदमै कम भइसकेको छ । क्लिनिकल रोगहरू उपचार गरेर मात्र फाइदा होला जस्तो नभएर हुनसक्छ । यद्यपी एस्थेटिक्समा बढी लगाब देखिएको पाइन्छ । दैनिक खर्चमा राम्रो होला भन्ने आशा पनि हुनसक्छ ।


(प्रा.डा भट्टराई नेपाल डर्माटोलोजी ल्याप्रोलोजी तथा भेनेरोलोजिष्ट समाजको निवर्तमान अध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्