Logo
|
Sunday 28th April 2024
Logo

epaper

रिफ्रेक्टिभ सर्जरी : आँखामा चश्मा लगाउन नपर्ने प्रविधि

मोटो चश्मा लगाउनेहरूमा लेजर शल्यक्रिया गर्न नमिल्ने सम्भावना बढी



डा. किशोर प्रधान, वरिष्ठ रिफ्रेक्टिभ सर्जन

रिफ्रेक्टिभ भनेको दृष्टि दोष हो । दृष्टि दोष भएका व्यक्तिहरूले चश्मा लगाउनुपर्छ । तर चश्मा लगाउन नचाहनेहरूलाई वा चश्मा बोझ बनिरहेका व्यक्तिहरूलाई शल्यक्रिया मार्फत् लेजर गरेर आँखाको नानीको सेपलाई परिवर्तन गरेर चश्मा लगाउन नपर्ने अवस्था सिर्जना गरिन्छ जसलाई रिफ्रेक्टिभ सर्जरी भनिन्छ ।

रिफ्रेक्टिभ सर्जरी सबैलाई गर्न मिल्दैन । यो १८ बर्ष पछि मात्र गर्नुपर्छ । ४० बर्षपछि टाढा र नजिक देख्ने दुवै गर्न मिल्छ । तर आँखाको नानी बलियो भएकाहरूमा मात्र रिफ्रेक्टिभ सर्जरी गर्न सकिन्छ । त्यसका लागि स्क्यान गर्नुपर्छ ।

संसारमा फेम्टो सेकेन्ड र एकजाईमर गरी २ वटा मात्र लेजर छन् । फेम्टो सेकेन्ड लेजरले आँखाको नानीको फ्ल्याप बनाउने लेसिक वा लेन्टिकुल स्टास्माइल, स्मार्ट साइट, क्लियर सेल लगायत धेरै प्रोस्युजर गर्न मिल्छ । हामीले ७–८ वटा प्रोस्युजरहरू सजिलै गरिरहेका छौँ । हरेकलाई फरक फरक मिल्न सक्छ भने कसैकसैलाई केहि पनि नमिल्न सक्छ । भविष्यमा समस्या आउने सम्भावना रहेमा शल्यक्रिया गर्न हुँदैन । कतिपय अवस्थामा शल्यक्रिया गरेकाहरूमा पनि समस्या आउन सक्छ । तर त्यसलाई पुनः उपचार र व्यवस्थापन गर्नुपर्छ । आँखाको नानी, दृष्टि आदिलाई ख्याल गरेर कुन शल्यक्रिया उपयुक्त हुन्छ भन्ने कुराको ख्याल गर्नुपर्छ ।


आँखाको पावर धेरै भएकाहरूमा जोखिम बढी हुन्छ । कम पावर भएकाहरूमा शल्यक्रिया गर्न सजिलो र कम्प्लिकेसन नआउने सम्भावना बढी हुन्छ । आजकल माइनस १० भन्दा कममा सजिलै शल्यक्रिया गर्न सकिन्छ । त्यो भन्दा माथि जान हुँदैन । माइनस ६ देखि निकै केयरफूल हुनुपर्छ ।


मोटो चश्मा लगाउने व्यक्तिले मात्र लेजर सर्जरी गर्ने हो कि भन्ने आमसर्वसाधारणको धारणा पाइन्छ । तर मोटो चश्मा लगाउनेहरूमा लेजर शल्यक्रिया गर्न नमिल्ने सम्भावना बढी हुन्छ ।

के यो सुरक्षित छ ?

आँखाको नानीको मोटाई कति छ ? आँखा कति बलियो छ ? आँखा सुख्खा हुने गरेको छ छैन ? लगायत सम्पूर्ण समस्या केलाएपछि सुरक्षित भएमा मात्र शल्यक्रिया गर्नुपर्छ । भविष्यमा समस्या आउनसक्ने सम्भावना बोकेकाहरूलाई शल्यक्रिया गर्न हुँदैन ।

लेजर सर्जरी ३० सेकेन्डदेखि एक मिनेटभित्र सकिन्छ । तर ५ वर्षभित्र शल्यक्रिया गरेको भए दृष्टिको अवस्था ख्याल गर्नुपर्छ । जसले पनि सर्जरी गर्न सक्छ । तर पछि आउन सक्ने समस्या ख्याल गर्नुपर्छ । हामीले ५० प्रतिशत व्यक्तिलाई त रिजेक्ट नै गरेका हुन्छौँ ।

के बिग्रिएका उदाहरण पनि आउँछन् ?

कतिपय ब्यक्तिलाई शल्यक्रिया गर्न नमिल्ने बताएपनि जवर्जस्ती भारतमा गएर शल्यक्रिया गर्छन् । एक बर्षपछि समस्या लिएर आएको पाइन्छ । यो शल्यक्रिया गरिसकेपछि अन्धो हुने भन्ने समस्या त हुँदैन । तर यसलाई विस्तारै व्यवस्थापन गरेर समाधानको उपाय खोजिन्छ ।


मोतिविन्दु शल्यक्रिया गरिसकेपछि पनि लेन्सको पावर नमिलेको अवस्थाका ६० – ७० वर्ष उमेरका व्यक्तिलाई पनि लेजर सर्जरीबाट चश्मा नलगाउने बनाउन सकिन्छ ।

मधुमेह र उच्चरक्तचाप भएकाहले लेजर गर्न मिल्छ कि मिल्दैन ?

उच्च रक्तचाप नियन्त्रणमा राखेको अवस्थामा लेजर सर्जरी गर्न सकिन्छ । तर डायविटिजमा सुगर नियन्त्रण भएपनि भित्री पर्दालाई ड्यामेज गरिरहने भएकाले पर्खाएर सावधानिपूर्वक गर्नुपर्छ ।


सर्जरी गरिसकेकाहरूमा समस्या आउन सक्छ ?

यसमा फेल भनेको पावर बढ्ने हुनसक्छ । यस्ता व्यक्तिले पुनः चश्मा लगाउनुपर्ने हुनसक्छ । जस्तैः माइनस ६ भएमा तपाइको पावर बढ्ने ५ प्रतिशत सम्भावना हुन्छ । माइनस ३ भएमा बढ्दैन भन्ने हुन्छ । माइनस २ भएमा सायदै बढ्दैन । बढेमा त्यसमा अलिकति लेजर थप्न मिल्छ । तर यसका लागि आँखाको नानी बलियो हुन आवश्यक पर्छ । त्यसैले माइनस बढी भएकाहरूमा करिब २५ वर्ष सम्म पर्खिन सल्लाह दिने गरेको छु । माइनस ६ देखि माथिकालाई थप्न पनि डर लाग्छ ।

समस्याको जड पत्ता लगाउन कतिको सचेत हुनुपर्छ ?

आँखाको नानी कमजोर हुनुमा क्रस लिंकिङ पनि हुनसक्छ । त्यसलाई बलियो बनाउन बिरामीलाई ३ देखि ६ महिनाको बीचमा बोलाइन्छ र स्क्यानिङ गरेर हेर्नुपर्छ ।

आँखाको नानी बलियो र कमजोर हुने के कारण हो ?

आँखाको नानी कमजोर हुनमा वंशाणुगत कारण हुनसक्छ ।

खर्च कति लाग्छ ?

नेपालमा करिब ९५ हजार रूपियाँमा रिफ्र्याक्टिभ सर्जरी गर्न सकिन्छ । वास्तवमा यो शल्यक्रिया गर्दा २ देखि ३ लाख रूपियाँ पर्छ ।

तर लेजर कम्पनिसँग टाइअप गरेर नेपालमा सस्तोमा सेवा दिन सफल भएका छौं ।
(डा. प्रधान मात्रिका आई सेन्टरमा हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्