Logo
|
Saturday 27th July 2024
Logo

epaper

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले ३८ दिन पछि टोड्यो रिले अनसन

चिकित्सा शिक्षा ऐन संसोधन गर्ने सरकारको आश्वासन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बिगत ३८ दिनदेखि माइतिघर मण्डलामा रिले अनसन बसिरहेका चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीहरुले अनसन तोडेका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जायज माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको र छिट्टै चिकित्सा शिक्षा ऐन छिट्टै संसोधन हुने तयारीमा रहेको आवश्वास दिनुभएपछि संघर्ष समितिले सोमबारदेखि रिले अनसन तोडेका हुन् ।


स्वास्थ्य मन्त्री बस्नेतले वार्ताका लाागि सचिवालयका स्वकिय सचिव रामेश्वर आयार्च र रामचन्द्र दुलाललाई माइतीघर पठाउनुभएको थियो । मन्त्री बस्नेतका प्रतिनिधि आचार्यले अनसनमा बसिरहेका संघर्ष समितिका सदस्यहरुलाई जुस पिलाएर अनसन स्थगित गर्नुभएको हो ।


अनसन स्थगित गरे पछि चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका संयोजक निर्मल सापकोटा, सहसंयोजक भुवनचक्र जोशी लगायतका पदाधिकारी वार्ताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुग्नुभएको थियो ।


संघर्ष समितिका संयोजक सापकोटाले आफूहरुले उठाएका १४ वटा मागका बिषयमा मन्त्री बस्नेतलाई जानकारी गराउदै नेपालको चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफ्ना मागहरु सम्बोधन हुनु पर्नेमा जोड दिनुभयो ।


स्वास्थ्य मन्त्री बस्नेतले प्रधानमन्त्री विदेशमा रहेका बेला स्वास्थ्य मन्त्री र चिकित्सा सेवा आयोगको सहअध्यक्षको हैसियतले चिकित्सा शिक्षा ऐन संसोधन गरेर अगाडि बढ्न सरकार तयार रहेको जानकारी गराउदै यसका बिषयमा शिक्षा मन्त्री र प्रधानमन्त्री समेत सकारात्मक भएकोले संघर्ष समितिले उठाएका मागहरु चाडै संवोधन हुने विश्वास दिनुभयो ।


चिकित्सा ऐन संसोधन गर्न नसकिए अवको पाँच वर्षमा नेपालमा चिकित्सक र नर्सहरुको अभाव हुने दावी गर्दे प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किसकेपछि यसका बिषयमा ठोस पहल हुनेमा उहाँले जानकारी दिनुभयो ।


संघर्ष समितिले राखेका जायज मागहरुप्रति सरकार सकारात्मक ढंगले अगाडि बढिसकेकाले अव आन्दोलन गरिराख्नु नपर्नेमा मन्त्री बस्नेतको जोड थियो ।


चिकित्सा शिक्षा ऐन संसोधन गर्नु पर्ने, सिटिइभिटीको तुरन्त पुर्नसंरचना गर्नु पर्ने, प्रि डिप्लोमाका स्वास्थ्य कार्यक्रम स्तरउन्नति गर्दै वाकीमा तत्काल भर्ना खोल्नु पर्ने, पारामेपडकल अन्तरगत नर्सिङका बिषयहरु चिकित्सा शिक्षाबाट अलग गर्नु पर्ने, बन्द गराइएका नर्सिङ कलेजमा भर्ना खोल्नु पर्ने, छात्रवृतिमा भइरहेको विभेद अन्त्य गर्नु पर्ने, शिक्षामा कोटा प्रणाली खारेज हुनु पर्ने लगायतका १४ वटा माग राखेर संघर्ष समितिले साउन २७ देखि माइतीघर मण्डलामा रिले अनसन जारी राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्