Logo
|
Thursday 24th October 2024
Logo

epaper

विश्व फार्मासिष्ट दिवस २०२३—‘फार्मेसीले स्वास्थ्य प्रणालीलाई बलियो बनाउँछ’

उपचारमा डाक्टरसँगै फार्मासिस्टको भूमिका उत्तिकै



जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व फर्मासिष्ट दिवस २०२३ । हरेक वर्ष २५ सेप्टेम्बरमा यो दिवस विश्वभर मनाउने गरिएको छ । हरेक वर्ष यो दिवसको नारा परिवर्तन हुने गरेको छ ।

विश्व फार्मासिस्ट दिवस २०२३ को नारा ‘फार्मेसीले स्वास्थ्य प्रणालीलाई बलियो बनाउँछ’ भन्ने रहेको छ । प्रत्येक वर्ष विश्व फार्मासिस्ट दिवसको नारा परिवर्तन गर्नुको उद्देश्य त्यही आधारमा फार्मेसीहरूको प्रणालीमा सुधार गर्नुपर्छ भन्ने हो ।

जुनसुकै अवस्थामा पनि बिरामी बचाउने कोसिस गर्ने भएकाले मानिसले डाक्टरलाई भगवान जस्तै ठान्छन् । कहिलेकाहीँ डाक्टरको उपचारले अचम्मको काम गर्न सक्छ । तर डाक्टरसँगै फार्मासिष्टले पनि कसैको रोग निको नभएसम्म उपचारमा समान भूमिका खेलेको हुन्छ । फार्मेसी नै छैन भने मान्छे कसरी निको हुन्छ ? विश्वभरका फार्मासिस्टहरुको ध्यानाकर्षण गराउने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

प्रायः डाक्टरहरूले प्रिस्क्रिप्शनमा धेरै शब्दहरू लेख्छन् जुन सामान्य रूपमा बुझ्न नसकिने तर फार्मासिस्टहरूले उनीहरूको भाषा सहजै बुझ्छन् । रोग अनुसार औषधि खाने तालिका फरक हुन्छ ।

जस्तोः प्रति दिन, एकदिन छोडेर, हरेक घण्टा, जब आवश्यक हुन्छ, खाना खानुअघि, खानापछि, एक दिनमा तीन पटक, एक दिनमा चार पटक,सुत्ने समयमा, बिहानको खाजा अघि, रातिको खाना अघि, हप्तामा दुई पटक, सुत्ने समयमा आदि ।

किन मनाइन्छ फार्मासिस्ट दिवस ?
अन्तर्राष्ट्रिय फार्मास्युटिकल्सको स्थापना २५ सेप्टेम्बर १९१२ मा भएको थियो, त्यसैले यसको सम्झनामा हरेक वर्ष सेप्टेम्बर २५ मा विश्व फार्मासिस्ट दिवस मनाइएको हो । टर्कीको इस्तानबुलमा इन्टरनेशनल फार्मास्युटिकल फेडेरेसन (एफआईपी) ले यसलाई मनाउन सुरु गरेको हो ।

अक्सर मानिसले कसैको उपचारमा सबै श्रेय डाक्टरलाई दिन्छन् । तर फार्मासिष्टले त्यति सम्मान पाउँदैनन् । त्यसैले उपचारमा फार्मासिस्टको पनि उत्तिकै योगदान रहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्