Logo
|
Saturday 26th October 2024
Logo

epaper

ए.एस.जी. आई केयरमा एक महिनासम्म निःशुल्क आँखा जाँच एवं परामर्श सेवा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नयाँ बानेश्वरस्थित ए.एस.जी. आई केयरले एक महिनासम्म निःशुल्क आँखा जाँच एवं परामर्श सेवा दिने भएको छ ।

सेन्टरले मंसिर १५ गते देखि पौष १५ गते सम्म सम्पुर्ण आँखासम्बन्धि जाँच एवं परामर्श सेवा निःशुल्क दिने जनाएको हो ।

निःशुल्क आँखा जाँच कार्यक्रम अन्तर्गत स्लीड ल्याम्पद्धारा आँखा जाँच, विशेषज्ञद्धारा सल्लाह एवं परामर्श, आँखाको पर्दाको जाँच, चश्माको नम्बर जाँच र ग्लुकोमा (जलबिन्दु) स्क्रिनिङ गरिने अस्पतालमा निर्देशक एवं वरिष्ठ नेत्र विशेषज्ञ डा. सविन ढकालले जानकारी दिनुभयो ।

सेन्टरमा फेको विधिबाट मोतिविन्दुको शल्यक्रिया समेत गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्