Logo
|
Friday 26th July 2024
Logo

epaper

बागमती प्रदेशका १० अस्पताल स्तरोन्नति गर्ने सरकारको निर्णय, कुन अस्पताललाई कति शैय्यामा स्तरोन्नति ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बागमती प्रदेश सरकारले आफ्नो मातहतका १० वटा अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले १० वटा प्रादेशिक अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको हो ।

जसअनुसार प्रदेश राजधानी हेटौँडाको हेटौँडा अस्पताल र भक्तपुरको भक्तपुर अस्पताललाई स्तरोन्नति गरी ३०० शय्या क्षमतामा विकास गर्ने निर्णय गरेको । यसअघि ती दुवै अस्पतालहरू १०० शय्या क्षमतामा सञ्चालन हुँदै आएका थिए ।

त्यसैगरी धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिसुली अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल र चितवनको रत्ननगर बकुलहर अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सिन्धुपाल्चोकको सिन्धुपाल्चोक अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई स्मृति अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० शय्या बनाउने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुका लागि १ हजार ६६९ जना प्राविधिक र प्रशासनिक कर्मचारी सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिरामी चापका आधारमा उनीहरुको स्तरोन्नती गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्