Logo
|
Friday 26th July 2024
Logo

epaper

‘ट्रु मी’ ब्रान्डका सौन्दर्य सामाग्रीहरूको बनेपा क्षेत्रमा आधिकारिक रुपमा बिक्रीवितरण शुरु

२५ जना बिक्रेताहरुलाई ५ दिनको थायल्याण्ड भ्रमण प्याकेज प्रदान, नेपाली बजारमा १७ किसिमका ट्रु–मीका हेयर–केयरका उत्पादन उपलब्ध



जनस्वास्थ्य सरोकार, बनेपा (काभ्रे) । डर्मा कस्मेटिक्स र ट्रु सप्लिमेन्ट्रीका सामाग्री करिब १२ वर्षदेखि बजारीकरण गर्दै आएको ट्रु डर्मा एस.ए. प्रा.लि.ले ‘पार्लर रेञ्ज’ मा ल्याएको ‘ट्रु मी’ ब्रान्डका सौन्दर्य सामाग्रीहरूको बनेपा क्षेत्रमा आधिकारिक रुपमा बिक्रीवितरण शुरु गरेको छ ।

नायिका केकी अधिकारीको प्रमुख आतिथ्यमा ‘ट्रु मी’ ब्रान्डका सौन्दर्य सामाग्रीहरूको बनेपा क्षेत्रमा आधिकारिक रुपमा बिक्रीवितरण शुरु गरिएको हो । नायिका अधिकारीले ट्रु मी’ ब्रान्डका सौन्दर्य सामाग्रीहरू आफूले प्रयोग गर्दै आएको र यसले निकै राम्रो गरेको अनुभव सुनाउनुभयो । सो अवसरमा बनेपा क्षेत्रका १ सय ५० भन्दा बढी व्युटिसियनहरुलाई तालिम प्रदान गरिएको थियो ।


सो अवसरमा ६ लाख रुपियाँ मूल्य बराबरको ट्रु मी’ ब्रान्डका सौन्दर्य सामाग्रीहरू बिक्री गर्ने २५ जना बिक्रेताहरुलाई ५ दिनको थायल्याण्ड भ्रमण प्याकेज प्रदान गरिएको थियो ।


अमेरिकन प्रविधिमा आधारित ‘ट्रु मी’ ब्रान्डका सौन्दर्य सामाग्रीहरू कपालसम्बन्धी सबै खालका केरोटिन उपचार, केरोटिन स्याम्पो, सेरम, वाक्स र फेसियल लगायतका रेञ्जमा उपलब्ध छन् । नेपाली बजारमा आधिकारिक रूपमा १७ किसिमका ट्रु–मीका हेयर–केयरका उत्पादन उपलब्ध रहेका छन् । जसअन्तर्गत केराटिन, हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, केराटिन हेयर स्ट्रेटिङ, हेयर ब्लिच पाउडर, डेभलपर, हेयर ट्रिटमेन्ट लगायतका सौन्दर्य प्रसाधन छन् । ट्रु–मीका हेयर–केयर र स्किन केयरका सामग्रीहरू सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त भएको दावीे कम्पनीको छ ।


सेवाग्राहीले खोजेजस्तै चम्किलो र चिल्लो कपाल, कपाल नझरोस् भनेर रिसर्च एण्ड डेभलभमेन्टअन्तर्गत करिब डेढ वर्षको समय अध्ययन गरेर राम्रो परिणाम देखिएपछि मात्र यो उत्पादन बजारमा शुरू गरिएको ट्रु डर्मा एसएसका प्रबन्ध निर्देशक सुशान्त मुरारकाले बताउनुभयो ।


जथाभावी गुणस्तरहीन केराटिनको प्रयोगले कपाल झर्ने, विभिन्न समस्या आउन सक्ने भएकाले जहिले पनि उच्च गुणस्तरको केराटिनबाट उपचार गर्नुपर्ने प्रबन्ध निर्देशक मुरारकाको धारणा छ । ट्रु मीका उत्पादन रसायनरहित भएकाले सेवाग्राहीको आँखा, छाला र कपाललाई कुनै असर नगर्ने प्रबन्ध निर्देशक मुरारकाले स्पष्ट पार्नुभयो । ट्रु मी का उत्पादन कस्मेटिक पसल, फार्मेसी र पार्लरहरूमा उपलब्ध छन् ।

यो उपचारले कर्ली कपाललाई स्ट्रेट बनाउन मद्दत गर्छ । केराटिन एक प्रकारको प्रोटिन हो जसले कपाललाई शक्ति प्रदान गर्नुका साथै कपाल चिल्लो र चम्किलो बनाउन पनि मद्दत गर्छ । केराटिन स्याम्पो र हेयर सेरम आफैले पनि प्रयोग गर्न सकिन्छ । तर केरोटिन उपचार प्रायः पार्लरहरूमा धेरै प्रयोग हुने गरेको पाइन्छ ।

प्रायः व्युटिसियनहरूलाई केरोटिन उपचारको अनुपात मिलाउन सक्ने ज्ञान हुने भएकाले देशका विभिन्न भागका व्युटिसियनहरुलाई तालिम दिन सुरू गरिएको प्रबन्ध निर्देशक मुरारकाले जानकारी दिनुभयो । पहिलो पटक केराटिन उपचार गर्दा स्किन प्याच टेष्ट गराउनुपर्दछ । सेवाग्राहीले आफ्नो छालाको प्रकृति हेरेर उपचार रोज्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्