Logo
|
Saturday 27th July 2024
Logo

epaper

निलम्बित चिकित्सक डा. विशद दाहाललाई न्याय दिलाउन चिकित्सक संघको माग 



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल चिकित्सक संघले केएमसी अस्पतालले निलम्बन गरेका चिकित्सकको न्यायको माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै संघले घटनाको सत्यतथ्य छानबिन गरी निलम्बित चिकित्सकलाई न्याय दिलाउन माग गरेको हो ।

“स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकहरूलाई शैक्षिक गतिविधिबाहेक पीडादायी रूपमा स्वास्थ्य शिविरमा मात्रै खटाउनु चिकित्सा शिक्षा आयोगको नियमविपरीत छ,” विज्ञप्तिमा उल्लेख छ ।

अनावश्यक शिविरमा सहभागी नहुने आवसीय चिकित्सकको प्रतिक्रियामा अस्पतालले कुनै स्पष्टीकरण समेत नलिई निलम्बन गरिएको भन्दै संघले आपत्ति जनाएको छ ।

काठमाडौंको सिनामंगलस्थित केएमसीमा पीजी दोस्रो वर्षमा अध्ययनरत आवासीय चिकित्सक डा. विशद दाहाललाई अनुशासन उल्लंघन गरेको आरोपमा कलेजले यही पुस १२ गते एक महिनाका निम्ति निलम्बन गरेको थियो । काठमाडौं विश्वविद्यालयले तत्काल निलम्बन नगर्न पत्राचार गरे पनि अस्पतालले उनलाई काममा फर्कन दिएको छैन । यही कारण केएमसीमा आवासीय चिकित्सक आन्दोलनरत छन् ।

प्रतिक्रिया दिनुहोस्