Logo
|
Saturday 26th October 2024
Logo

epaper

मुखमा टेप लगाएर प्रदर्शन उत्रिएका डा. केसी माइतीघरबाट पक्राउ



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पुनः पक्राउ पर्नुभएको छ ।

निषेधित क्षेत्रमा मुखमा टेप लगाएर विरोध प्रदर्शनमा उत्रिनुभएका डा. केसीलाई प्रहरीले पक्राउ गरेको हो। उहाँलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।

डा. केसीले सशस्त्र द्वन्द्वमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई कारबाही हुनुपर्ने, पीडितलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउनुपर्ने, नागरिक भेला भएर प्रर्दशन गर्न पाउने संविधानप्रदत्त अधिकार फिर्ता हुनुपर्ने, चिकित्सा शिक्षा आयोगमा तत्काल निर्देशन नियुक्त गरिनुपर्ने र यसअघि चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा सरकारले गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग राख्नुभएको छ ।

प्रेस विज्ञप्ति
 
हामी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरुको योग्यताका आधारमा निःशुल्क वा न्युनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरु पढ्न पाउने अधिकार अनि न्याय र सुशासनका लागि निरन्तर लडिरहेका छौं ।
 
तर एकपछि अर्को गरी सत्तामा पुग्ने दलहरुले भने निरन्तर लुटतन्त्र र दण्डहीनतालाई प्रश्रय दिइरहेका छन् । भ्रष्टाचार आकाशिंदो छ । सार्वजनिक क्षेत्रका सेवा प्रदायक संस्थाहरु धराशायी हुने अवस्थामा छन् । नेताहरुले भने तिनलाई डुबाएर नाफाखोरी गर्ने निजी क्षेत्रका सीमित माफिया र अपराधीहरुसित साँठगाँठ गरिरहेका छन् ।  उता वास्तवमै उद्यम र व्यवसाय गर्ने, नियमसंगत रुपमा कर तिर्ने व्यवसायीहरु कठिन परिस्थितिमा छन् ।

यस्तो अवस्थामा आम मानिस विरोध र प्रदर्शनमा उत्रनु स्वभाविक हो । लोकतन्त्रमा यो हामी नागरिकको आधारभुत अधिकार पनि हो । तर प्रचण्डको सरकारले तानाशाही प्रवृत्ति देखाउँदै सार्वजनिक स्थलमा भेला भएर प्रदर्शन गर्न पाउने हाम्रो संविधान प्रदत्त अधिकार समेत खोसेर नागरिकको मुख थुन्न खोजेको छ । स्मरण रहोस करिब पांच वर्ष अघि ओलीको सरकारले माईती घर मंडला लगायत अधिकांश स्थानहरूमा आम भेला तथा प्रदर्शनमा रोक लगाएपछि हामीले त्यसको शान्तिपूर्ण ढङ्गले नियमित रूपमा अवज्ञा गरे पछि – ओली सरकार सो आदेश फिर्ता लिन वाध्य भएको थियो। 

प्रतिक्रिया दिनुहोस्