Logo
|
Saturday 27th July 2024
Logo

epaper

औंलोबाट जोगाउन अब बालबालिकालाई खोप



नेपाल हेल्थ न्युज, काठमाडौँ । औलो रोगका कारण विश्वभरि प्रत्येक वर्ष पाँच लाखभन्दा बढी मानिसको मृत्यु हुन्छ ।

लामखुट्टेले सार्ने उक्त रोगबाट जोगाउने उद्देश्यले एउटा खोप पनि बनाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले क्यामरूनमा परीक्षण गरेपछि उक्त खोपलाई मान्यता दिएको छ ।

डब्लुचओले केन्या घाना र मलाबीमा गरेको खोप परीक्षणमा आरटीएस, एस खोप सुरक्षित र बच्चामा औलोको कारण हुने मृत्यु १३ प्रतिशतले घटाउने पाइएको थियो ।

क्यामरुनमा प्रत्यक वर्ष ६० लाख मानिसमा औंलो पुष्टि हुन्छ । तिमध्ये ४ हजार जनाको मृत्यु हुने गरेको छ । मृतक मध्ये पाँच वर्ष मुनिका बालबालिका धेरै हुन्छन् ।

क्यामरुनले सन् २०२४ र २०२५ भित्र अढाई लाख बालबालिकालाई आरटीएस खोप दिने लक्ष्य राखेको छ ।

खोपमा खासै रुचि नदेखाइने अफ्रिकी देशहरूमा बालबालिकाका अभिभावकलाई औंलोविरुद्ध निर्मित यो खोप लगाउन आश्वस्त पार्नु निकै चुनौतीपूर्ण मानिएको छ ।

तर, सरकारले सामाजिक सञ्जाल र सामुदायिक अभियानमार्फत खोप सुरक्षित र प्रभावकारी भएको आश्वस्त पार्दै आएको छ । बालबालिकलाई केहि महिनाको अवधिमा ४ मात्रा खोप दिनुपर्छ ।

राष्ट्रिय खोप कार्यक्रम प्रमुख डा. शलोम नडूलाका अनुसार सामुदयिक स्वास्थ्य कार्यकर्ताले कुनै बच्चालाई खोप लगाउन छुटे नछुटेको जाँच गर्नेछन र आमालाई छुटेको खोपका मात्र दिनेबारे सल्लाह दिन्छन् ।

अफ्रिकामा प्रत्यक वर्ष औलोका कारण छ लाख जनाको मृत्यु हुन्छ । क्यामरुनको प्रयास सफल भएमा यहि वर्षदेखि यो खोप दिने योजना बनाएका अरु २० अफ्रिकी देश उत्सहित हुने छन् । बीबीसीबाट साभार

प्रतिक्रिया दिनुहोस्