Logo
|
Monday 20th May 2024
Logo

epaper

क्यान्सर बिजेता सञ्जुको मार्मिक कविताः माया, साथ, हौसला र हिम्मत चाहिन्छ क्यान्सरलाई

सुनिदेउ न ए सरकार यसबाट सबै बच्नुछ



सञ्जु पराजुली, सिनियर अनमी, हतपते स्वास्थ्य चौकी, दुधौली नगरपालिका, सिन्धुली

आधि जीवन बितिसक्यो, आधि जीवन बाँकी थियो ।
रमाउँदै हाँस्दै खेल्दै, सुन्दर जीवन बित्दै थियो ।।

२०७६ सालमा क्यान्सरले, नक नक आवाज दियो ।
अब मरिन्छ कि क्या हो, भन्ने डरले सताई रह्यो ।।

यसलाई हराउने, झिनो आशा पलाइरह्यो ।
प्रविधि र डाक्टर हौसलाले, बाँच्ने आधार बढाइरह्यो ।।

एक्काइस दिनमा जीवन बाँच्न दुई वटा अपरेशन भयो ।
अव त बाँचिन्छ कि भन्ने झिनो आशा पलाइरह्यो ।।

घाउको दुखाइ, मनको दुखाइ छटपट पार्दै थियो ।
श्रीमान् र बच्चाको अनुहारले, बाँच्ने हौसला बढाइदियो ।

यसरी नै समय बित्यो, घाउ निको हुँदै थियो ।
तीस दिनको रेडिएसन, घर फर्किने खुशी बढ्दै थियो ।।

माया, साथ, हौसला र हिम्मत चाहिन्छ क्यान्सरलाई ।
यसरी नै हातेमालो गर्दै अघि बढ्नुपर्छ जित्नलाई ।।

क्यान्सर भन्ने केही रहेनछ बस डर मात्र हो ।
यसलाई मनैबाट निकाल्ने तपाई हामी पात्र नै हो ।।

पहिलो वास घर थियो, दोस्रो बास अस्पताल ।
डाक्टरले दिए नयाँ जीवन, उनै हुन भगवान ।।

साथीहरु भन्नुहुन्छ, हामीलाई महँगो रोग लागेछ ।
सुनिदेउ न ए सरकार यसबाट सबै बच्नुछ ।।

(पराजुली सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर २ हतपते स्वास्थ्य चौकी राँगेमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्