Logo
|
Sunday 5th May 2024
Logo

epaper

ओम मेगाश्री फर्मास्युटिकल्सका उत्पादन बजारमाः राजधानीमा भव्य सुभारम्भ समारोहका साथ सभामुखले गरे उद्घाटन

'एक अर्ब २० करोडको लगानीः ‘मैले देशकै माटोमा केही गर्नुपर्छ भन्ने सोचको विकास गरेँ’—अर्जुन कुमार श्रेष्ठ-अध्यक्ष



जनस्वास्थ्य सरोकार, काठमाडौं । गैर आवासीय लगानीमा स्थापित ओम मेगाश्री फर्मास्युटिकल्सका उत्पादन बजारमा आएका छन् ।

फागुन ७ गते राजधानीमा आयोजित भव्य सुभारम्भ समारोहमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कम्पनिको समुद्घाटन गर्नुभएको छ ।


हाल कम्पनिले ५३ प्रकारका औषधिको अनुमति पाइसकेको र विभिन्न प्रकारका डेढ दर्जन औषधि बजारमा ल्याएको छ । यसले मुटु, मधुमेह, न्युरो साइक्याट्रिक र ट्याव्लेट, क्याप्सुल, ओइनमेन्टस्, पाउडरलगायत धेरै किसिमका औषधिको उत्पादन शुरु गरेको छ भने निकट भविष्यमै आई, इएर ड्रप, सेफा उत्पादन औषधिहरु ल्याउने गृहकार्यमा जुटेको छ ।

चितवनको जुगेडीमा १ सय २० करोडमा लागतमा ३ लाख २८ हजार ५२ वर्गफिटमा फैलिएको अत्याधुनिक कारखाना यो क्षेत्रको तारिफयोग्य छ ।


युरोपियन मापदण्डका औषधी नेपाली उपभोक्ताका लागि उत्पादन गर्ने ओम मेगाश्री फर्मास्युटिकल्सको प्रतिबद्धताप्रति सभामुख घिमिरेले खुसी व्यक्त गर्नुभयो । औषधी उत्पादन क्षेत्रमा पछिल्लो डेढ दशकयता नेपालमा राम्रो प्रगति भएको बताउँदै उहाँले नेपालजस्तो मुलुकमा औषधी उत्पादन तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि रहेको उल्लेख गर्नुभयो । दुई साताअघि मात्रै प्रतिनिधिसभाबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित भएको बताउँदै उहाँले विधेयकका कतिपय दफा व्यवसाय प्रवद्र्धनसँग पनि सम्बन्धित रहेको सभामुखको जानकारी दिनुभयो ।


कार्यक्रममा औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधी उद्योगको भविष्य राम्रो रहेको बताउँदै कम्पनिको उज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।


ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले गुणस्तरीय औषधीमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्ययोजनासहित अगाडि बढ्ने योजनासहित उद्योग सञ्चालनमा ल्याइएको बताउनुभयो ।

उहाँले भन्नुभयो—‘मैले दुई दशक लामो समय युरोपेली भूमिका विभिन्न व्यवसायको नेतृत्व गरेर बिताएँ । युरोपमा व्यवसायिक संङ्घको नेतृत्व तथा एनआरएनएको केन्द्रीय नेतृत्व हुँदै गर्दा मलाई मेरो मातृभूमिको सम्झनाले बारम्बार झस्काइरह्यो । मैले देशकै माटोमा केही गर्नुपर्छ भन्ने सोचको विकास गरेँ । फलत आफ्नै माटोमा व्यवसायिक यात्रालाई फैलाउने अभिप्रायले ओम मेगाश्रीलाई मूर्तरुप दिन मन वचन र कर्म एकबद्ध हुन पुगेँ ।’


‘हाम्रा सबै भौतिक संरचनाहरु, औषधि उद्योगमा जडान गरिएका सबै उपकरणहरु तथा अन्य आवश्यक औजारहरु विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) गाइडलाइन अनुसार रहेको बेहोरा निवेदन गर्दछु ।’—भन्नुहुन्छ—‘हामी युरोपियन स्ट्यान्डर्डका लागि युरोपियन विज्ञहरुसँग निरन्तर सम्पर्क र छलफलमा छौँ ।’

यो कम्पनिले २०७४ सालमा औषधि व्यवस्था विभागबाट अनुमति पाएको हो । २०७५ सालदेखि सञ्चालन र प्लान्ट निर्माणका साथ अगाडि बढेको थियो ।

नेपालमा १ सय १० भन्दा बढी औषधी उद्योग दर्ता भएका छन् भने ८४ वटाले औषधी उत्पादन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्