Logo
|
Saturday 18th May 2024
Logo

epaper

क्यान्सर विशेषज्ञ डा. अरुण शाही अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालद्धारा सम्मानित



नेपाल हेल्थ न्युज, काठमाडौं । पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ एवं सहप्राध्यापक डा. अरुण शाहीलाई अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालले विशेष सम्मान गरेको छ।

क्यान्सर रोगको उपचार र जनचेताको क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै फेब्रअरी २३ मा आयोजना गरिएको विशेष समारोहमा डा. शाहीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपवहादुर मगरले सम्मान पत्र प्रदान गर्नुभएको हो । सो अवसरमा संगठनका अध्यक्ष भिकेएस ठकुरीले क्यान्सर सचेतना र उपचारमा डा. शाहीको योगदान महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।


क्यान्सर मानव स्वास्थ्यका लागि चुनौति बनिरहेको वर्तमान परिप्रेक्षमा सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचनामुलक जानकारी प्रवाह गर्ने कार्यमा सक्रिय हुनुहुन्छ डा. शाही ।
उहाँलाई नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३’ बाट सम्मान गरिसकेको छ ।

This image has an empty alt attribute; its file name is dr-arun-samman3.jpg

हाल सहायक प्राध्यापकसमेत रहनुभएका उहाँ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २०१९ देखि सेवारत हुनुहुन्छ । डा।शाही युरोपको सबैभन्दा ठुलो क्यान्सर विशेषज्ञको संस्था युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी (इएसएमओ) को सर्टिफाइड अंकोलोजिष्ट हुनुहुन्छ ।


यसैगरी उहाँ इनोभेटिभ फाउन्डेसन फर हेल्थ एन्ड रिसर्च नामक संस्थाको अध्यक्ष समेत हुनुहुन्छ । यो संस्थाले जनस्वास्थ्य सम्बन्धि विभिन्न अनुसन्धान गर्दै आएको छ ।


डा। शाहीका ३ वटा मेडिकल पुस्तक समेत प्रकाशन भएका छन् । उहाँले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन (नेपाल, बंगलादेश, भारत सिंगापुर, जापान, अष्ट्रेलिया ,जर्मनी अमेरिका) मा क्यान्सर सम्बन्धी १०० भन्दा बढी बैज्ञानिक कार्यपत्र प्रस्तुत गर्नुभएको छ । ‘नेपाली महिलाहरूमा स्तन क्यान्सरको ढिलो देखिने सम्बन्धित कारणहरू’ शीर्षकको प्रस्तुतिलाई समेत डा.शाहीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्